नागरिक पोष्ट News


अब मासिक ५४ हजारसम्म आम्दानी गर्नेले थोरै कर तिरे पुग्छ, हेर्नुहोस् अब कसले कति कर तिर्नुपर्छ

4.7K

बजेटमार्फत आय करमा गरिएको नयाँ व्यवस्थाले निम्नमध्यम वर्गलाई राहत दिएको छ ।  वर्षमा साढे ६ लाखसम्म आम्दानी गर्नेलाई विगतमा भन्दा कम कर तिरे पनि हुने भएको छ ।

बजेटअनुसार प्राकृतिक एकल व्यक्तिले साढे ३ लाखसम्म १ प्रतिशत आय कर तिर्छन् । यो पुरानै व्यवस्था हो ।

साढे ३ देखि साढे ४ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत र बाँकीमा १० प्रतिशत आयकर तिर्छन् । यो यसअघि १५ प्रतिशत थियो, नयाँ बजेटले १० मा झारेको हो ।

बाषिर्क आम्दानी साढे ४ लाख कट्नासाथ २५ प्रतिशत आय कर लाग्थ्यो । मानौं ५ लाख आन्दानी छ भने सुरुको साढे ३ लाखमा १ प्रतिशत, त्यसपछिको एक लाखमा १५ प्रतिशत र बाँकी ५० हजारमा २५ प्रतिशत कर लाग्थ्यो । यसरी उसले ३१ हजार आय कर तिर्नुपर्थ्यो ।

तर, नयाँ व्यवस्थाअनुसार साढे ३ लाखको १ प्रतिशत, साढे ३ देखि साढे ४ लाख (एक लाख)मा १० प्रतिशत र बाँकी ५० हजारमा २० प्रतिशत मात्र आय कर तिर्नुपर्छ । यसअनुसार उसले वार्षिक आय कर २३ हजार ५०० मात्र तिर्नुपर्छ ।

यसरी नै वार्षिक साढे ६ लाख (मासिक करिव ५५ हजार) कमाउनेले पहिले ६८ हजार ५०० आय कर तिर्नुपथ्र्यो । अब नयाँ व्यवस्थाले ५३ हजार ५०० तिर्दा पुग्छ ।

साढे ४ देखि साढे ६ लाख कमाउनेले सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ लाखसम्म -१ लाखमा) १० प्रतिशत र बाँकीको हकमा २० प्रतिशत आय कर तिर्नुपर्छ । जबकी यसअघि साढे ४ देखि २५ लाखसम्मको आम्दानीमा यस्तो कर २५ प्रतिशत थियो ।

हेर्नुहोस् अब कसले कति कर तिर्नुपर्छ :

व्यक्ति आम्दानी आयकर
३,५०,००० ३,५००
४,००,००० ८,५००
५,००,००० २३,५००
६,००,००० ४३,५००
७,००,००० ६८,५००
८,००,००० ९८,५००
९,००,००० १,२८,५००
१०,००,००० १,५८,५००
१५,००,००० ३,०८,५००
२०,००,००० ४,५८,५००
२५,००,००० ६,३८,५००

 

दम्पत्ती आम्दानी आयकर
४,००,००० ४,०००
५,००,००० १४,०००
६,००,००० ३४,०००
७,००,००० ५४,०००
८,००,००० ८४,०००
९,००,००० ९४,०००
१०,००,००० १,४४,०००
१५,००,००० २,९४,०००
२०,००,००० ४,४४,०००
२५,००,००० ६,२४,०००

साढे ६ देखि २० लाखसम्म कमाउनेले साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि सोढ ६ लाख (२ लाख) मा २० प्रतिशत कर तिर्नुपर्छ । त्यसपछि बाँकी कमाइमा ३० प्रतिशत कर तिर्नुपर्छ ।

यसैगरी २० लाख बढी आम्दानी गर्नेलाई अतिरिक्त २० प्रतिशत कर लाग्ने बजेटमा भनिएको छ । यो भनेको सुरुको साढे ३ लाखमा १ प्रतिशत, साढे ३ देखि साढे ४ (१ लाख) मा १० प्रतिशत, साढे ४ देखि साढे ६ लाख -२ लाख) मा २० प्रतिशत कर लाग्छ । त्यसपछि साढे ३१ लाख (१३.५ लाख) मा ३० प्रतिशत आयकर लाग्छ ।

मानौं वार्षिक आम्दानी २५ लाख रुपैयाँ छ भने २० लाखमा स्ल्याबअनुसार कर लाग्छ । बाँकी ५ लाखमा सुरुमा ३० प्रतिशत कर निकालिन्छ ।

यो १ लाख ५० हजार हुन्छ । अब यो १ लाख ५० हजारमा २० प्रतिशत अतिरिक्त कर लगाइन्छ, जुन ३० हजार हुन्छ । र, दुबैलाई जोडेर २० लाखभन्दा बढी कमाई भएको ५ लाखको १ लाख ८० हजार आय कर काटिनेछ ।

Must View