रोकीएन शेयरबजारमा पहिरो, नेप्से १३ सय नजिक
2.1K
काठमाडौं । शेयरबजारमा आज पनि पहिरोजाने क्रम रोकीएन। बिहीबारको बजारमा पनि नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ ।
सो दिनको परिसूचक १४.६१ अंकले घटेर १३०७ अंकमा झरेको छ । त्यस्तै, १६५ कम्पनीको कुल ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनमा १० करोड रुपैयाँ घटि हो ।
दिनभर कारोबारमा आएका सूचक मध्ये ट्रेडिङ् बाहेक सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११५ अंकले घटेको छ । ट्रेडिङ समूह भने २.९६ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् समूहको सबैभन्दा बढी अर्थात १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बिहीबार सबैभन्दा बढी मेघा बैंकको सेयर मूल्य ९.६५ प्रतिशतले घटेकोे छ ।