नागरिक पोष्ट News


नयाँ बजेटले मोटरसाइकलको मूल्य ३० हजार र गाडीको मूल्य ४ लाख बढ्यो

4.5K

सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढाएको छ । बजेटले मोटरसाइकलको मूल्यमा ५ हजारदेखि ३० हजारसम्म बढाएको छ । ‘हेभी’ मोटरसाइकलको मूल्य १ देखि ५ लासम्मै बढेको छ ।  १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकैमाथि जानेछ । त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ । ४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाखसम्म मूल्य बढ्नेछ ।

गाडीको मूल्य ४ लाखसम्म बढ्ने भो 

गाडीमा कतिसम्म मूल्य बढ्नसक्छ भन्ने मोटामोटी आंकडा आएको छ । नयाँ बजेटले १००० सीसीसम्मका गाडीमा १ प्रतिशत सडक दस्तुर मात्रै बढाएको छ । त्यसैले यो सिरिजका गाडीको मूल्य १० देखि २० हजारसम्म बढ्नेछ । यसआधारमा भन्दा इन्ट्री लेभलका सवारीहरुको मूल्य धेरै बढेको छैन ।

तर, मध्यम वर्गले बढी रुचाएको गाडीको मूल्य भने कम्तिमा १ देखि ४ लाखसम्म बढ्ने भएको छ । यसमा १००१ देखि १५०० सम्म ४.२ प्रतिशत र १५०१ देखि २ हजार सीसीसम्म ८ प्रतिशत मूल्य बढ्ने देखिन्छ ।

त्यसैगरी १५ सयभन्दा माथि र २ हजार सीसीम्मका गाडीमा ४ लाखसम्म मूल्य बढ्नसक्छ । बजेटले यो सेगमेन्टमा मूल्यको ११ प्रतिशत कर वृद्धि गरेको हो ।

विदेशी बजारको मूल्यमा २३ प्रतिशत कर बढेपछि २ हजारदेखि २५ सय सीसीसम्मका गाडीको बजार मूल्य १५-१६ प्रतिशत मूल्य बढ्न सक्ने देखिएको छ ।

२५ सयदेखि ३ हजार सीसीका गाडीका हकमा खरिद मूल्यमाथि ३३ प्रतिशत कर बढेको छ । यसले मूल्यमा २५ प्रतिशतसम्म वृद्धि गर्नसक्ने व्यापारीहरु बताउँछन् ।

३ हजार सीसीभन्दा माथिका गाडीमा अहिलेकोभन्दा ३० देखि ३२ प्रतिशत मूल्य बढ्नेछ । यो सेगमेन्टमा सरकारले खरिद मूल्यमा ४३ प्रतिशतसम्म कर बढाएको छ ।

‘साधारणतय १ करोड ६० लाखमा बेच्दै आएको गाडीमा अब ४० लाख रुपैयाँ बढ्छ

Must View