बालकृष्ण ढुंगेललाई आममाफी दिने ओली सरकारको लोकप्रियता यसरी झर्यो
2.2K
कपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिइएकोप्रति सरकारको कडा बिरोध भइरहेको छ। यसैक्रममा विवेकशील साझा पार्टीले पनि विरोध जनाएको छ ।
कर्तव्य ज्यान मुद्दामा सर्वोच अदालतको फैसलाबाट दोषी ठहर भइ कैद सजाय भुक्तानी गरिरहेका ढुंगेललाई कैद माफी दिएपछि विवेकशील साझाले बिरोध गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद माफी पाएका ढुंगेल मंगलबार नै जेलमुक्त भइसकेका छन् । विवेकशील साझाले भने कैद मिनाह गरिने न्याय र विधिको शासनको खिल्ली उडानु भएको टिप्पणी गरेको छ ।
‘ढुंगेललाई माफी दिने सरकारको हामी पूर्ण विरोध गर्दछौं। द्वन्द्वकालीन मुद्दाहरु समयमा नै सम्बोधन गरी पीडितहरुलाई उचित न्याय दिन अग्रसर हुनुको साटो पीडित व्यक्तिहरुको भावनामा ठेस पुग्ने यस प्रकारको निर्णय नगर्न हामी सरकारलाई खबरदारी गर्दछौं ।’
nepalpana बाट