नागरिक पोष्ट News


२०१८ को विश्वकपमा अन्तिम पटक विश्वकप खेल्ने खेलाडीहरु

3.4K

विश्वकप नजिकिँदै गर्दा सबै खेलाडीहरु यो प्रतियोगिता केही विशेष बनाउनका लागि लागिपरेका छन् तर यो विश्वकपमा यस्ता केही खेलाडीहरु पनि छन्, जो अन्तिमपटक अन्तर्रा्ष्ट्रिय फुटबल खेलिरहेका हुनेछन् ।

राफेल माक्र्युज, मेक्सिको गएको अप्रिल महिनामा क्लब फुटबलबाट सन्यास लिएका राफेल अहिले ३९ वर्षका भएका छन् । २२ वर्षअघि आफ्नो व्यावसायिक फुटबलको करियर सुरु गरेका खेलाडीको लागि रसिया विश्वकप अन्तिम अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हुनेछ । यो विश्वकपमा सबैभन्दा धेरैपटक विश्वकपमा सहभागी हुने खेलाडीको कीर्तिमानमा पनि उनले बराबरी गर्नेछन् । यसपटक उनी पाँचौपटक विश्वकप प्रतियोगितामा सहभागी हुन गइरहेका हुन् । उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारपटक विश्वकपमा सहभागिता जनाइसकेका छन् । जसमध्ये दक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकप भने उनको लागि यादगार बन्न पुगेको थियो ।

आन्द्रेस इनिस्टा, स्पेन सन् २०१० को विश्वकपको फाइनलमा दक्षिण अफ्रिकाको जोहान्सवर्गमा भएको फाइनल खेलमा नेदरल्याण्डस्लाई हराउँदै स्पेन विश्वविजेता बनेको थियो । सो खेलका नायक थिए–आन्द्रेस इनिस्टा । यो खेलाडीलाई जुनसुकै अवस्थामा पनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने खेलाडीको रुपमा चिनिन्छ । दुई दशकको बार्सिलोनाको यात्रा पनि पूर्ण्विराम लगाइसकेका ३४ वर्षीय खेलाडीको लागि रुस विश्वकप अन्तिम अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हुनेछ । इनिस्टाले सन् २००६ को विश्वकपमा साउदी अरेबिया विरुद्धको खेलमा डेब्यु गरेका थिए । त्यसको चार वर्षपछि भएको विश्वकप उनको लागि निकै यादगार बन्न पुग्यो । उनले अहिलेसम्म तीनपटक विश्वकपमा सिहभागिता जनाइसकेका छन् ।

टिम काहिल, अष्ट्रेलिया अष्ट्रेलियाको लागि आधुनिक विश्वकपमा एकैनासको खेल पस्किने एकमात्र खेलाडी हुन्, टिम काहिल । उनले अष्ट्रेलियालाई अहिलेको अवस्थामा ल्याउनका लागि निकै ठुलो योगदान दिएका छन् । अहिलेसम्म उनले पाँच गोल आफ्नो नाममा गरिसकेका छन् । सन् २०१४ मा भएको चिलीविरुद्धको खेलमा गोल गर्दै तीन विश्वकपमा गोल गर्ने पहिलो अष्ट्रेलियन खेलाडी बनिसकेका काहिलको लागि यो विश्वकपमा गोल गर्दै आफ्नो कीर्तिमानमा अर्को इँटा थप्ने सुनौलो अवसर पनि रहेको छ । उनले सन् २००६ को विश्वकपमा डेब्यु गरेका थिए भने २०१० र २०१४ मा पनि निकै राम्रो प्रदर्शन गरेका थिए ।

जेभियर मास्केरानो, अर्जे्न्टिना  बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले भनेका थिए, “जेभियर मैले आफ्नो करियरमा देखेकोमध्ये सबैभन्दा बुद्धिमान् खेलाडी हो ।” अर्जे्न्टिनाका जेभियर मास्केरानोको लागि पनि यो विश्वकप अन्तिम अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हुनेछ । यससँगै अर्जे्न्टिनाको लागि ३३ वर्षीय यी खेलाडीको कस्तो महत्व छ भन्ने विषयमा पनि बहस सुरु भएको थियो । अर्जे्न्टिनाका पूर्व फुटबलर तथा प्रशिक्षक डिएगो म्याराडोनाले अर्जे्न्टिनामा ‘मास्केरानो र बाँकी १० खेलाडी’ रहेको भन्दै उनले प्रशंसा गरेका थिए । चार वर्षअघि विश्वकप उपाधिको निकै नजिक पुगेर पनि उपाधि हासिल गर्न नसकेको अर्जे्न्टिना यसपटक भने उपाधि हासिल गर्ने अठोटका साथमा मैदानमा उत्रिनेछ । यस्तोमा मास्केरानोको लागि पनि आफ्नो अन्तिम प्रतियोगिता यादगार बनाउने मौका हुनेछ । उनले अहिलेसम्म अर्जे्न्टिनाको १६ विश्वकपको खेलहरुमा सहभागिता जनाइसकेका छन् । सन् २००६ मा डेब्यु गरेका उनले तीन विश्वकपमा सहभागिता जनाइसकेका छन् ।

ब्राजिलका नेयमार कत्तिको भरपर्दो खेलाडी हुन् त ?  ब्राजिलको लागि सबैभन्दा बढी अपेक्षा गरिएका खेलाडी हुन् नेयमार । विश्वको सबैभन्दा महँगा फुटबलरमाथिको अपेक्षा बढी हुनु पनि स्वाभाविक नै हो । ब्राजिल भने आफ्नो टोलीमा उनीमाथिको अपेक्षा कम गर्ने दिशामा अघि बढिरहेको छ । नेयमार अहिले आफ्नो खुट्टाको अपरेसन सफल भएपछि पुनः मैदानमा फर्किने तयारीमा रहेका छन् । सोमबार नेयमारले आफ्नो टोलीका अन्य साथीहरुसँग आफ्नो स्वास्थ्य परीक्षण गराए । रियो दि जेनेरियो नजिकै रहेको एक क्याम्पमा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

नेयमार अहिले ब्राजिलको टोलीका प्रशिक्षक टाइटसँग वार्ता गर्न जाँदैछन्, जो मुलुकको सबैभन्दा महत्वपूर्ण स्ट्राइकरमाथि कुनै पनि किसिमको दबाब बनाउन चाहँदैनन् । सोमबार उनले अन्य १६ ब्राजिलियन खेलाडीहरुसँग केही समय तालिम पनि गरेका थिए । अहिले आफूहरुले नेयमारलाई आत्मविश्वास बढाउनका लागि केही समय दिइरहेको ब्राजिलको फुटबल संघका अधिकारीहरुले बताएका छन् ।

यसले उनीमाथिको दबाब पनि कम हुने र आफ्नो पूर्ण खेल पस्किनसक्ने पनि बताइएको छ । गएको फेब्रुअरीयता उनको दायाँ खुट्टामा देखिएको समस्याको कारण उनी कुनै पनि खेलमा सहभागी भएका छैनन् । र्माच ३ मा उनको एक सर्जरी गरिएको थियो र उनी एक साताअघि मात्र फ्रान्समा तालिमको लागि फर्किएका थिए । ब्राजिलका फुटबल अधिकारीहरुले नेयमारले टोलीको लागि शत्प्रतिशत्को नतिजा दिनु जरुरी रहेको तर आफूहरु अहिले टोलीका अन्य सदस्यहरुको विषयमा पनि सोचिरहेको बताएका छन् ।

आगामी जुन ३ मा हुन गइरहेको क्रोएसिया विरुद्धको मैत्रीपूर्ण खेलमा उनले ४५ मिनेट मात्र खेल्नसक्ने बताइएको छ । रुस विश्वकपभन्दा अगाडि ब्राजिलले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल भने जुन १० मा अष्ट्रियाविरुद्ध खेल्नेछ । ब्राजिल यस पटक विश्वकपमा सुरुवात पनि निकै राम्रो गर्ने तयारीका साथमा अघि बढिरहेको कारण सुरुवाती दुई खेलहरु टोलीको लागि महतवपूर्ण हुने अधिकारीहरुले बताएका छन् ।

जुन १७ मा ब्राजिलले स्विट्जरल्याण्ड विरुद्ध पहिलो खेल खेल्नेछ । उसको समुहमा रिसवट्जरल्याण्डका साथै कोस्टारिका र सर्बिया रहेका छन् । लेफ्ट ब्याक मार्सेलो, मिडफिल्डर क्यामिरो र स्ट्राइकर रोबर्टो फिर्मिनो आगामी सोमबार लण्डनमा मात्र टोलीमा फर्किनेछन् ।

Must View