नागरिक पोष्ट News


हिमालयन बैंक कर्मचारीयुनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न,अध्यक्षमा गौतम भण्डारी निर्वाचित

7.5K

हिमालयन बैंक कर्मचारी युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा  गौतम भण्डारी अध्यक्ष सहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपाध्यक्षमा रबिन्द्र रञ्जित, महासचीवमा अच्युतराम केसी, सचीवमा सुवास भण्डारी, कोषाध्यक्षमा दीपक गौतम निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः अर्चना भण्डारी, भरतराज उप्रेती, अस्मिता श्रेष्ठ, मोहन खनाल, मधुसुदन तण्डुकार र सोमराज कार्की विजयी भएका छन् ।  हिमालयन बैंकको छविलाई उच्च बनाउदै, हिमालयन बैंकको छाताभित्र रहका सम्पूर्ण कर्मचारीहरुको सामूहिक हक हितका काम गर्दै आएको कर्मचारी युनियनको दायित्व अबको कार्यसमितिको हुनुपर्ने कर्मचारीहरुले माग छ ।

 हिमालयन बैंक  कर्मचारी युनियनको शाखलाई बचाउदै बैंकको बृत्ति विकासमा सहयोग पुर्याउने  अभिभारा अबको नेतृत्व सम्हाल्ने गौतम भण्डारीको काँधमा आएको छ । यसमा विशेष भूमिका निर्वाचित नयाँ कार्यसमिति पदाधिकारीहरुको रहनेछ । फुटेर होइन जुटेर अगाडी बढ्ने जिम्मेवारी २०७५ मा सम्पन्न निर्वाचनको मतपरिणामले दिएको निर्वाचित एक कार्यसमिति सदस्यले बताए ।

Must View