IGP Khanal प्रहरी संगठनको छवि बदल्ने आइजीपि सर्वेन्द्र खनालको अबको योजना यस्तो छ
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई ‘नमुना संगठन’ का रूपमा रुपान्तरण गर्ने बताएका छन् । प्रहरी संगठनको प्रमुख भएको महिना दिनपछि आफ्नो कार्यकालमा गर्ने १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै खनालले प्रहरी संगठनलाई नमुना संगठनका रूपमा विकसित गर्ने दाबी गरेका हुन् ।
आईजीपी खनालले संगठित अपराध तथा महिला, बालबालिकामाथि हुने अपराध न्यूनीकरणलाई पनि उच्च प्रथमिकतामा राख्ने बताएका छन् ।त्यसैगरी खनालले विधिको शासन र सुनिश्चिताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा बस्तुनिष्ट आधारमा काम गर्ने बताएका छन् ।
मानव अधिकारको प्रर्वधन, जोखिममा रहेका वर्गलाई विषेश कानुनी संरक्षण दिएर उनीहरुलाई न्याए दिलाउने उद्घोष समेत गरेका छन् ।
‘मानव अधिकारको प्रर्वधन तथा जोखिममा रहेका वर्गहरुलाई विषेश कानुनी संरक्षण ।’ त्यसैगरी उनले प्रहरीमाथि लाग्ने गरेको भष्ट्राचारको धब्वालाई मेटाउने उद्घोष समेत गरेका छन् ।
उनले भनेका छन्, ‘संगठनिक सुद्धिकरण र भष्ट्राचारमाथि शून्य सहनशीलतामा अघि बढ्ने । त्यसैगरी उनले प्रहरी कर्मचारीको व्यावसायिकता, पारदर्शीता र निष्टामा उत्कृष्टतालाई जोड दिएका छन् ।
प्रहरीलाई सरकारप्रति प्रतिबद्ध एबम् नागरिक मैत्री प्रहरीको रुपमा छवि बिस्तारमा तिव्रतामा तिव्रता दिने उनको योजना छ । त्यसैगरी, प्रहरी कर्मचारीलाई विषेश प्रशीक्षण दिएर प्रहरीलाई आत्मबलयुक्त तथा प्रविधियुक्त प्रहरी बनाउने उनको योजना छ ।
खनालले संगठनलाई चुस्त, आधुनिक प्रविधियुक्त र जनउत्तरदायी बनाउन प्रहरीले गर्नुपर्ने महत्वपूर्ण कार्यको पहिचान गरी सार्वजनिक गरेका हुन् ।