नागरिक पोष्ट News


बाम एकता पार्टी एकीकरण : एशियाको तेस्रो ठूलो कम्युनिष्ट पार्टी बन्यो

4.3K

५६ वर्षपछि बाम एकता भएको छ ।  नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको हो । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टीमात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ ।

 बाम एकताको अन्तीम क्षणमा बिरुवा रोपेर पानी हाल्दै प्रधानमन्त्री ओली र प्रचण्ड ।

पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।

Must View