नागरिक पोष्ट News


Sova Ghimire युवा गैसस महासंघ ललितपुरको अध्यक्षमा शोभा घिमिरे सर्वसम्मत

5.8K

राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपाल ललितपुर जिल्ला समितिको अध्यक्षमा शोभा घिमिरे निर्बिरोध चयन हुनुभएको छ ।   युवा गैसस महासंघले ललितपुरको नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम कार्यक्रमका सभापति कमल नेपाल, प्रमुख अतिथि ललितपुर महानगरपालिकाको प्रशासकीय अधिकृत हरि दाहाल, विशेष अतिथि सामाजिक विकास समितिका संयोजक दिनेश काकी, अतिथिहरु समाज कल्याण महाशाखाका प्रमुखप्रेम बहादुर थापा, ललितपुर वडा नं ५ का वडा सदस्य, मन्जु रिजाल, अक्सबृज कलेजका प्रधानाध्यपक कृष्ण पाण्डे लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।  सर्वसम्मत निर्वाचित हुनुभएकोमा शोभा घिमिरे लगायत नयाँ कार्य समिति टीमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना  !!

युवा गैसस महासंघको आयोजनामा नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम 

युवा गैसस महासंघले ललितपुरमा  २ दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्दि तालिम समेत आयोजना गरेको थियो । आयोजित तालिम युवा तथा महिला लक्षित थियो । तालिममा युवा नेतृत्व रहेका संघ संस्था एवं सामाजिक क्षेत्रमा क्रियाशील ४० भन्दा बढी युवा तथा महिलाहरुको सहभागीता रहेको थियो ।

Must View