नागरिक पोष्ट News


Indian PM Narendra Modi मोदीको नेपाल भ्रमण २०७५ यस्तो देखियो

3.4K

प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमण राजनीतिक, धार्मिक र पर्यटकीय दृष्टिले विगतको भन्दा पृथक बन्न पुगेको छ। नेपालमा नयाँ संविधानबमोजिम तीनवटै तहको निर्वाचन र सरकार गठनपछि भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको र आपसमा देखिएका समस्या समाधानतर्फ बल पुग्ने देखिएको छ।

दुई देशबीचको शताब्दीऔँ पुरानो र जनस्तरको सम्बन्धमा यस्ता उच्चस्तरका भ्रमणको आदानप्रदानले सौहार्दता वृद्धि गरी साझा समृद्धिको यात्रामा सहयोग विस्तार हुने अपेक्षा गरिएको छ। दुई देशबीच विगतमा भएका सम्झौताहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्न नेपालले यो भ्रमणलाई सदुपयोग गर्नुपर्ने परराष्ट्र मामिलाका जानकारहरुको मत छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री मोदी दुईदिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै काठमाडौँ आएका हुन्। प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए।

भारतका प्रधानमन्त्री मोदीबाट हुने धार्मिक र पर्यटकीय स्थल जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको अवलोकन भ्रमणको धार्मिक र पर्यटकीय महत्व देखिएको छ भने राष्ट्रपति- प्रधानमन्त्री लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता हुने भएकाले यसको राजनीतिक आयाम पनि रहेको छ।

नयाँ संविधान जारीका समयमा भारतले राजनीतिक रुपमा देखाएको असन्तुष्टि नेपालमाथि अघोषित नाकाबन्दीका रुपमा समेत प्रकट भएपछि दुई देशबीचको सम्बन्धमा नकारात्मक असरसमेत परेको थियो। प्रधानमन्त्री मोदीको यो भ्रमणले विगतका नकारात्मक पक्षलाई बिर्सेर सौहार्दतर्फ उन्मुख गराउन खोजेको मानिएको छ। भारतका राजनेता मोदीले व्यापार, पर्यटन, पारवहन, प्रविधि र परम्परामा आपसी सहकार्यका लागि जनकपुरबाट गर्नुभएको सम्बोधनले बहुआयामिक सम्बन्धलाई बोकेको देखिन्छ

Must View