नागरिक पोष्ट News


आचरण विपरित काम गरे प्रहरी विरुद्ध १११३ हटलाइनमा यसरी उजुरी गर्न सकिन्छ

2.9K

नेपाल प्रहरीले राम्रो कामको थालनी गरेको छ । जसरी पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आमनागरिकको जनजुनासो सुन्नका लागि 'हेलो सरकार' सञ्चालनमा ल्याएका थिए, ठिक त्यसरी नै प्रहरीले सेवाग्राहीलाई दिने सेवामा ब्यवसायीक नभएमा वा आचारण विपरित काम गर्ने प्रहरीलाई नै हटलाईन, फोन वा एसएमएसमार्फत उजुरी गर्न सकिने ब्यवस्था गरेको हो ।

प्रहरीले कर्मचारीहरु सम्वन्धित कुनै पनि जनगुनासो भएमा प्रहरीको हटलाईन सेवा टेलिफोन नम्बर ०१-४४१०१४४ वा छिटो नम्बर १११३ मा सम्पर्क गरी उजुरी टिपाउन सकिने बताएको छ । साथै सेवाग्राहीको उजुरीपश्यात भए गरेका कामकारबाहीको प्रगती र परिणामबारे एसएमएस वा ईमेलमार्फत सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने छ । अगामी दिनमा उक्त सेवालाई अध्याधुनिक बनाउँदै लैजाने समेत प्रहरीले जनाएको छ । 

 हटलाइनमा के के उजुरी गर्न सकिन्छ?

१. प्रहरी सेवा प्राप्त नभएको खण्डमा, २. प्रहरी कर्मचारीहरु आफ्नो कर्तव्यप्रति उदासिन रहि सेवा प्रदान नगरेमा, ३. जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता गर्न नमानेमा वा झुटा मुद्दा दर्ता गरेमा, ४. ब्यवसायीयक ढंगले प्रहरी आचरण ब्यवहार नगरेमा, ५. ब्यवसायीक तबरले अनुसन्धान नगरेको लागेमा,  ६. कानून विपरित थुनामा राखेको खण्डमा, ७. निर्दोष ब्यक्ति पक्राउ गरेको सम्वन्धमा,  ८. आर्थिक लाभ लिन खोजेमा र

९. पदीय दुरुपयोग गरी अनावश्यक दबाब दिएमा हटलाइनमा उजुरी गर्न सकिने छ ।

Must View