उदघोषण तालिम डेढगाउँमा सम्पन्न
नवलपरासीको बौदीकाली गाउँपालिका वडा न. २ डेढगाउँमा तीन दिने उदघोषण तथा नेतृत्व विकास तालिम आज समापन भएको छ ।
तगारो रास्ट्रीय मासिकको आयोजना तथा बौदीकाली गाउँपालिका महिला संजालको सहयोगमा आयोजित तीन दिने उदघोषण तथा नेतृत्व विकास तालिम आज समापन भएको हो । तालिमले आफुहरुमा क्षमताको बिकास भएको र आगामि दिनमा पनि तालिममा लिएका कुरालाई ब्यवहारमा ल्याउने प्रशिक्षार्थीहरुले बताएका थिए । चितवनको पहिलो आवाज मनोज पन्तले सहजीकरण गर्नु भएको तालिममा ३३ जना प्रशिक्षर्थीहरु रेहका थिए । उक्त तालिम अत्यन्त प्रभावकारी भएको बौदीकाली गाउँपालिकाकी उपाध्यक्ष मायादेवी श्रेष्ठले बताउनु भयो ।
गाउँपालिकाकि उपाध्यक्ष श्रेष्ठ प्रमुख अतिथि रहनु भएको समापन कार्यक्रममा वडा न. १ का अध्यक्ष टोलनाथ कंडेल,प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवाली,तगारो रास्ट्रीय मासिकका प्रधान सम्पादक तथा प्रकाशक पदमराज गिरी, वडा न. २ का सचिव नारायणप्रसाद ओझा वडा सदस्यहरु भूलमाया बिक,सिद्दीमाया दराई, तगारो रास्ट्रीय मासिकका ब्यबस्थापक महेन्द्र रानाभाट लगाएतको उपस्थिति रहेको थियो ।
महिला संजालकी अध्यक्ष अनिता सुवेदी को अध्यक्षतामा सम्पन्न् भएको कार्यक्रममा प्रशिक्षार्थी लक्ष्मी श्रेष्ठले संचालन गर्नु भएको थियो ।