काठमाण्डौमा पहिलो पटक जगत गुरु शंङ्कराचार्यको विषेश प्रवचन कार्यक्रम
२५ बैशाख,काठमाण्डौ
शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराज २०७५ साल बैशाख ३० गते काठमाण्डौं आउने भएका छन्। उनले २०७५ जेठ ८ गते सम्म नेपालको विभिन्न धार्मिक स्थानको भ्रमण गर्ने छन् ।
सो कुराको जानकारीआज पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर श्री गोवद्र्धनमठ–पुरी पीठाधिश्वर श्रीमज्जगद्गुरु शङ्कराचार्य पुज्यपाद स्वामी निश्चलानन्द सरस्वती जी महाराज स्वागतार्थ मुल समारोह समितिले दिईएको छ । गुरुले नेपालमा रहेका राजधानी लगायत अन्य थुप्रै स्थानमा हुने धार्मिक सभा तथा नागरिक अभिनन्दन कार्यक्रममा समेत सरीक भई सम्पुर्ण भत्तजनहरुलाई आसिर्वाद दिने आयोजक समितिका संयोजक स्वामीश्री पद्मधराचारले सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।
साथै काठमाण्डौको टुडीखेल चितवन,भरतपुर,हेटौडा लगायतका ठाउहरुमा नागरिक स्तरबाट अभिनन्दन गरिने स्वागत समितिका संयोजक स्वामी पदमधराचार्यले बताएका छन् । काठमाण्डौमा पहिलो पटक विषेश प्रवचन हुने र उक्त प्रवचन कार्यक्रममा सहभागी हुन आम नेपालीहरलाई आयोजक समितिले आग्रह समेत गरेको छ । स्वामी पदमधराचार्यको संयोजकत्वमा बनेको अभिनन्नद मुल समितीले जगत गुरुलाई अभिनन्दन गर्ने बताएको छ ।