नागरिक पोष्ट News


Nepal Tourism Promotion क्यानडामा हुने बहु सांस्कृतिक मेलामा नेपालको पर्यटन प्रवद्र्धन गर्दै पर्यटन बोर्ड

4.3K

क्यानडामा हुन गई रहेको बहु सांस्कृतिक मेलाको लागी नेपाल प्रर्यटन बोर्डको भव्य तयारी । क्यानडामा हुने बहु सांस्कृतिक मेलामा नेपाललाई प्रतिनिधित्व गर्दै बिगत ३ बर्ष देखी नेपाल प्रर्यटन बोर्डले सो कार्यक्रममा भाग लिदै आएको छ र यो बर्ष पनि उक्त मेलालाई सफल बनाउनका लागी भव्य रुपमा तयारी गरी रहेको छ । नेपाल सहित ७५ देशको कला संस्कृति र बिभिन्न परिकारहरुको प्रदर्शन हुने उक्त मेलाका लागी नेपाल प्रर्यटन बोर्ड, बिभिन्न संघसस्था, उधोग व्यपारिक व्यावसायी, संचार माध्यम, पत्रकार तथा व्यक्ति विशेषहरुको तर्फबाट बिशेष सहयोग भई रहेको छ । सो मेलाको स्टलका लागी सहयोग गर्नेहरुमा ब्राम्टन स्थिति चावला रेस्टोरेंटका प्रोपराइटर नाम भुसाल र ब्राम्टन स्थिति नेपाली क्यानेडियन महिला समुहले विभिन्न नेपाली परिकारहरुको व्यवस्था गर्ने भएका छन ।

त्यस्तै गरेर सहयोग गर्नेहरुमा क्यानडाका लागी सांस्कृतिक दुत पुर्ण नेपाली, NRNA र TPN का सदस्य आशिर्वाद सुवेदी र रोसन के सी, प्रचार प्रसारका लागी गैर आवासीय संघ प्रर्यटन बोर्ड समिति सदस्य द्वोय अन्जना भट्टराई र माधव गजुरेल, संचार माध्यमका लागी गोकर्ण लामीछाने, राजु थापा, नमस्ते रेडियोबाट अनिल थापा, नेपालबाट लक्ष्मी के सी, बेद प्रसाद आचार्यले नेपालबाट यस बहु सांस्कृतिक मेलाको प्रचार प्रसारलाई तिव्र पारेर उल्लेखनीय भुमिका निभाउदै आउनु भएको छ । त्यसैगरी सो मेलाका लागी नेपालको राष्ट्रीय झण्डाको नृत्यमा पुर्णिमा लगाएतको टोली, नेपालको हस्तकलाबाट उत्पादित सामाग्रीहरुका लागी रिता तिमिल्सिना र सविता उप्रेति प्याराग्लाङ्डिका लागी पुन, अन्य सामाग्रीहरुको लागी स्याम वताजु र सुमन ढकाल र नेपाललको चिनारी झल्काउने वस्तु सजावटका लागी विभिन्न प्रर्यटन व्यावसायीहरुले सहयोग गर्नका तत्पर रहेका छन ।

यसपालीको नेपाल प्रवद्दन गर्ने कार्यको लागी प्रचार प्रसारमा टोरोन्टो स्थित विभिन्न संघ संस्था, त्यहाँ स्थित वाणिज्य दुत, नेपाल राजदुतावास र विभिन्न व्यावसायीहरु पनि नेपाल र नेपालीको पहिचानका लागी जुझारु रुपले लागी परेका छन । जसमा NRNA गैर आवासीय संघका प्रर्यटन प्रर्वद्धन बोर्डका सदस्यहरुले अनवरत रुपमा आफ्नो तर्फबाट सक्दो महत्त्वपूर्ण भुमिका निभाई रहेको देख्दा प्रर्यटन दुत एन बि टन्डनले आफु खुसी भएको बताउनु भयो तर यति हुदाँ हुदै पनि दुर्भाग्यवस यस नेपालको पहिचान झल्काउने प्रर्यटन प्रर्वद्धनमा NRNA क्यानडाका पदाधिकारीहरुको कुनै चासो देखिएको छैन जुन कार्य प्रति एन बि टन्डनलाई कुनै नौलो आश्चर्यको विषय लाग्दैन न त NRNA क्यानडाले केही गर्ला भनेर उनि आशावादी नै छन । यसर्थ हामी र हाम्रो तर्फबाट जे जति सहयोग सहित अव हुन गई रहेको मेला कार्यक्रम मे २५, २६, २७ र ब्राम्टन जुलाई १५, १६, र १७ मा हुनेमा पनि आँफु सक्दो सहयोग गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गरौ भनी एन बि टण्डनको अनुरोध छ ।

Must View