नागरिक पोष्ट News


No Shoes भुलेर पनि जुत्ता लगाएर जान नहुने ठाउँहरु ढुकुटी, मन्दिर र भान्छा घर लगायत

10.5K

बिभिन्न धर्मशास्त्रहरु बिभिन्न कुराहरु उल्लेख छन् । यी ५ स्थानमा यदि जुत्ता वा चप्पल लगाएर गएमा अशुभ हुने कुरा समेत बताइएको छ । यदि वेवास्ता गरेर हामिले जुत्ता चप्पल लगाएरै यी स्थानमा गयौ भने हामिलाई बिभिन्न प्रकारका दुख कष्टहरु आउन सक्ने बताइएको छ । त्यसैले जानीराखौं कुन कुन स्थानमा जुत्ता चप्पल लगाएर जानु हुदैन ।

१. ढुकुटी

ढुकुटी भएको स्थान जहा देवी लक्ष्मीको वास हुन्छ भन्ने गरिन्छ त्यसैले ढुकुटी भएको स्थानमा कहिले पनि जुत्ता चप्पल लगाएर नजानुस् ।

२. मन्दिर

एक पवित्र स्थल हो । मन्दिरमा यदि जुत्ता चप्पल लगाएर गयौ भने देबता हामिसँग रिसाउनुहुन्छ भन्ने गरिन्छ । त्यसैले  हामीले मन्दिर जाँदा भूलेर जुत्ता वा चप्पल लगाएर जानु हुदैन ।

३. भान्छा घर

शास्त्रानुसार अग्नि र अन्न दुवैलाइ देवता समान मानिएको छ । त्यसैले भान्छा घरमा पनि जुत्ता चप्पल भूलेर पनि लानु हुदैन । भान्छा भन्ने बितिक्कै खानेकुरासंग जोडिन्छ त्यसैले फोहोर हुने भएकाले पनि जुत्ता लगाउन हुन्न ।

४. नदि

नदिमा पनि जुत्ता चप्पल लाएर जानु हुदैन । नदीलाई पनि पवित्र स्थान मानिएकाले नदि प्रवेश गर्नु पूर्व जुत्ता चप्पल खोल्नुका साथै कुनै पनि छालाको वस्तु पहिरनु भएको छ भने फुकालेर मात्र प्रवेश गर्दा उपयुक्त हुन्छ ।

५. स्टोर अर्थात भण्डार घर

भण्डारमा पनि जुत्ता चप्पलको प्रयोग गर्नु हुदैन,यो कुरामा ख्याल गर्ने मानिसको घरमा कहिले पनि अन्न पात टुट्दैन भनिएको छ ।

Must View