Guru Acharya ShreeNiwas Arrested धर्मगुरु आफैँले गोली हान्न लगाएको सनसनीपूर्ण खुलासा
२०७४ चैत्र २५ गते बिराटनगरमा भएको हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली काण्डको नयाँ रहस्य खुलेको छ । श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको कुरा उनी पक्राउ परेबाट खुलासा भएको हो । गोली लागेपछि २१ दिनसम्म बिराटनगरको न्यूरो अस्पतालमा उपचार गराएपछि श्रीनिवासाचार्य केही दिनअघि काठमाडौँ आएका थिए ।
हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन गुरु श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको मोरङ प्रहरीले बताएको छ ।
काठमाडौं आएका श्रीनिवासाचार्य थप उपचारको लागि भन्दै भारतको राजधानी नयाँदिल्ली जाने तयारीमा थिए । तर उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले त्रिभुवन विमानस्थलक्षेत्रबाटै पक्राउ गर्यो ।
उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गरेको छ । ४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।
श्रीनिवासाचार्यमाथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका छन् ।
चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए । हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन गुरु श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको मोरङ प्रहरीले बताएको छ ।
त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।
देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो ।