DIG & AIGP ‘एआइजी’ बढुवामा अन्यौल, डिआइजी र एआइजीका मुख्य दावेदारहरु
गृह मन्त्रालय रप्रहरी प्रधानकार्यालयबीच दरवन्दी परिमार्जनका विषयमा सहमति हुन नसक्दा एआइजी (प्रहरी अतिरिक्त महानिरीक्षक) बढुवा प्रक्रिया लम्वीएको छ । गत चैत २८ गतेदेखि नेपाल प्रहरीमा एआइजीको १५ वटा दरवन्दी रिक्त रहेका छन् । गृह मन्त्रालयले सात वटै प्रदेशमा प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा डिआइजी ( नायव महानिरीक्षक ) खटाउने भएपछि एआइजीको दरवन्दी संख्या घटाउनु पर्ने सर्त अगाडि सारेको छ ।
प्रधानकार्यालयले प्रदेश प्रमुखमा एआइजी नै पठाउनु पर्ने अडान राखेको छ । मन्त्रालयले एआइजीको संख्या घटाएर पाँचदेखि सातसम्म राख्न सकिने जिकिर गरेको छ । तर, प्रहरी प्रधानकार्यालयले संघीय प्रहरीको अवधारणा अनुसार प्रहरी जनशक्ति थप गर्नुका साथै दरवन्दी घटाउन नमिल्ने बताएको छ । प्रहरीका प्रवक्ता मनोज न्यौपानेले भने– अहिलेको अवस्थामा प्रहरी संगठनलाई २२ देखि २५ हजार जनशक्तिको आवश्यकता छ । प्रदेश प्रहरी कार्यालय प्रमुखको रुपमा एआइजी पठाउदा ‘शान्ति सुरक्षा ब्यवस्थापन र चेन अफ कमाण्डमा’ कुनै समस्या नआउने सुझाव उनको छ । प्रदेश प्रहरी प्रमुख सिधै प्रदेश सरकारको अन्तरगत हुन्छ भने निजामति सेवामा अन्तरगत प्रदेश प्रशासन प्रमुखमा कुन तहको ब्यक्ति खटेको छ त्यसको कुनै अर्थ रहदैन उनले थपे –जसरी पनि देश जनताको शान्तिसुरक्षा र सेवा गर्ने त हो । तर, गृह मन्त्रालयले भने एआइजी बढुवा प्रक्रियामा कुनै समस्या नरहेको जनाएको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने–एआइजी कति संख्या राख्ने त्यो सरकारले गर्ने निर्णय हो । अघिल्लो सरकारले प्रदेशबाट एआइजी तहको प्रहरी अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यसअघि सात प्रदेशमा सातजना एआइजी, तालिम केन्द्रमा एक, मेट्रो प्रहरी कार्यालयमा एक र अन्यप्रहरी प्रधानकार्यालय अन्तरगत विभिन्न विभागमा एआइजीहरु ख्टाएको थियो ।
एआइजीका लागि १० जना दावेदार
नेपाल प्रहरीको रिक्त एआइजीको १५ वटा दरवन्दीका लागि १० जना डिआइजीहरु प्रतिष्पर्धामा रहेका छन् । एआइजीको बढुवामा एक नम्वरमा पुष्कर कार्की, दुईमा उत्तम कुमार कार्की, तीनमा छविलाल जोशी, त्यसपछि धीरु बस्नेत, ज्ञान विक्रमशाह, शरद चन्द, मनोज न्यौपाने, पवन प्रसाद खरेल, सुरेश विक्रम शाह र ठूले राई रहेका छन् । तर, साउन मसान्तसम्ममा संघीय प्रहरी ऐन लागू नभइ ३० वर्षे सेवा अवधि नहटेको खण्डमा डिआइजी कार्की, जोशी, चन्द, खरेल र शाह साउन मसान्तमा नै अवकास पाउने छन् । त्यस्तैं, डिआइजी बढुवामा २४ जना एसएस्पी (वरिष्ठ प्रहरी उपरीक्षक) रहेका छन् । डिआइजी बढुवाको लाइनमा रहेका सबै जना एसएस्पी वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै ब्याची हुन । संगठनमा ब्याचीहरुको बर्चस्व नेपाल प्रहरीको डिआइजीदेखि आइजीसम्म एउटै ब्याची समूहका उच्च प्रहरी अधिकारीहरुको जमघट हुने भएको छ । नेपाल प्रहरी संगठनमा यस्तो अवस्थामा आएको यो दुर्लभ घटना हो ।
२०४६ साल माघ २९ गते प्रहरी निरीक्षकबाट सेवाप्रवेश गरेका आइजीपी सर्वेन्द्र खनालदेखि हरिभक्त प्रजापति एउटै ब्याची हुन । नेपाल प्रहरीमा डिआइजीको २३ वटा दरवन्दी रहेका छन् । सो पदकालागि केदार रिजाल, नारायणसिंह खड्का, महेश विक्रमशाह, दिनेश अमात्य, दिपक कुमार थापा, श्याम खड्का, प्रेम चन्द, रविन्द्र प्रसाद शर्मा, शेरबहादुर बस्नेत, दानसिंह वोहरा, पिताम्वर अधिकारी, शुशीलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ, सुरज केसी, महेन्द्रकुमार पोखरेल, मोहनराज जोशी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी, ठाकुर प्रसाद ज्ञावली, तारिणी लम्साल, हरिभक्त प्रजापति, विक्रम गुरुङ र सूर्यप्रसाद उपाध्याय छन् । प्रहरी महानिरीक्षक नियुक्त भइ एआइजीहरुको दरवन्दी रिक्त रहेको महिना दिन पुग्दापनि सरकारले दरवन्दीथप घट गर्ने विषयमा निर्णय लिन सकेको छैन । एआइजीको लागि नेपाल सरकारको मन्त्रि स्तरिय निर्णय गर्नुपर्ने हुन्छ ।