नागरिक पोष्ट News


Naba Raj Lamsal सम्बन्धी १० रोचक तथ्यहरु, कबि एबम् गीतकार - नवराज लम्साल

14.6K

Naba Raj Lamsal 

डा. लम्सालका २ कबिता सङ्ग्रह, २ गीत सङ्ग्रह, र २ महाकाव्य गरि ६ कृति प्रकाशित छन् । उनका कृतिमा १० भन्दा बढी शोधार्थीले थेसिस लेखिसकेका छन् । हाल उनि रेडियो नेपाल कार्यक्रम महासाखाका प्रमुख समेत हुन् ।

धरा महाकाब्य सार्बजनिक गरेका सुप्रसिद्द कबि एबम् गीतकार डा. नवराज लम्साल सम्बन्धी १० तथ्यहरु -

१. नवराज लम्साल तिनै प्रसारक हुन् जसले घटना र बिचार, परिवेश, र जनतासंग प्रधानमन्त्री जस्तो राजनीतिक बिश्लेषणात्मक कार्यक्रम पनि चलाए र पूर्ण साहित्यिक मधुवन, सुर सङ्गम, र पूर्ण धार्मिक कार्यक्रम पनि बर्षौं चलाए । 

२. एकपटक राउटेको स्वर रेकर्ड गर्न सुर्खेतको भलायचौर पुग्दा राउटेले भने-आज सुकिलो लुगा लगाएको मान्छे बन पसेछ, शिकार परेन, भेटेको भए मारिदिन्थे । त्यो जंगल जाने उनि नै थिए। अन्तर्वार्ता नसकी डराउँदै भागे ।  ३

. एकदिन धरान महोत्सव लाइभ गर्न साँझको फ्लाइटबाट बिराटनगर पुगे । धरान र बिराटनगरका रेडियो नेपालका हाकिम बीच बोलचाल रहेनछ । उनलाई लिन ऊ जाला भन्ने ऊ र ऊ जाला भन्ने अर्को, राति २ बजेसम्म कोहि लिन नआएपछि राती २ बजे एयरपोर्ट बाहिर सडक नजिकैको घरमा बत्ति बलेको देखि घरमा ढक्ढक पारे। फोन छ कि भनि फोन गर्न अनुरोध गरे। रेडियो नेपालमा बोल्ने नवराज भनेपछि बल्ल फोन गर्न पाए, फोन गरे -तत्काल धनकुटाका हाकिम लिन आए, ४ बजे राती धरानको होटलमा पुगे तर होटलले खानेकुरा व्यवस्था गर्न नसक्दा भोकै सुते, त्यो बेलासम्म उनले मोबाइल प्रयोग गरेका थिएनन् ।

४. लम्साल २०५४ सालको बुद्द जयन्तिको दिन सोलुको सल्लेरीमा लाइभ गर्न अघिल्लो साँझ सोलु पुगे। राती पानी पर्यो लाइभको दिन काठमाडौँको प्रसारक टोली उड्न सकेन । ११ बजे देखि १ बजेसम्म एक्लै २ घण्टा प्रत्यक्ष प्रसारण गरे । 

५. बिद्यार्थीकालमा हाइस्कुल पढ्न काठमाडौँ आउँदा आफ्ना पिताले होटेलमा नखानु भनेकाले पिता आज्ञा शिरोपर गर्दै मलेखुमा दही चिउरा खाएर सुते, राती भात खाने ग्राहक आएपछि होटलमा भात नखानेलाई कोठा दिन्न उठेर जानोस भने पछि मस्त निन्द्रामा पुगिसकेका उनले होटल छोडे । तर उनि कतै गएनन् त्यहि होटलको बाहिरी भुँइ पेटीमा रात मात्र बिताएनन बिहान सोहि होटलवालाले पकाएको एक कप चिया पिएर राती होटलबाट उठाएकोमा धन्यबाद दिए, कारण उनले त्यो पेटीमा बसेको रात केहि त्यस्ता कविता लेखेछन जो उनको जीवनको चिनारी बने काव्यीक क्षेत्रमा । 

६. नवराज लम्साल रेडियो प्रसारणलाई नै व्यवसाय बनाउने पहिलो पिएचडी हुन्, जसले नेपाली साहित्यमा यो उपाधि प्राप्त गरेका हुन् । 

७. उनि संस्कृत बिश्वबिध्यालय र त्रिभुवन विश्वबिद्यालय दुबैका बिद्यार्थी हुन् । उनले एसएलसीसम्म संस्कृत पढे, बिए राजनीति शास्त्र (त्रिबि) , एम. ए.नेपाली साहित्य (त्रिबि) तथा पिएचडी संस्कृत बिश्वबिद्यालयबाट पुरा गरे । 

८. नवराज लम्साल अमेरिका पुगेर पनि केहि महिना मात्र बसी रेडियो प्रसारण क्षेत्रमै जीवन बिताउने सपना बोकेर नेपाल फर्किए । 

९. नवराज लम्साल पुरोहित पनि हुन्। उनले जीवनमा गाउँ घरमा भागवत मात्र भनेका छैनन्, बिवाह, ब्रतबन्ध, न्वारन, श्राद्द, कृया, कर्म समेत गराएका छन् । उनलाई भाग्य र भविष्यका बारेमा चिना टिप्पणी समेत हेर्न आउंछ । उनि ग्रह दशा पनि हेर्न जान्दछन । 

१०. नवराज लम्साल नेपाल प्रेस यूनियनका निर्वाचित केन्द्रिय उपाध्यक्ष र नेपाली लेखक सङ्घका केन्द्रिय अध्यक्ष समेत हुन्, जसबाट उनले सहजरुपमा कार्य गर्न नपाएको कारण राजिनामा समेत दिइसकेका छन् ।   

Must View