नागरिक पोष्ट News


Syndicate Strike Ends सिण्डिकेट व्यवसायीहरुको आन्दोलन तुहियो, यातायात सुचारु गर्न सर्कुलर

2.2K

सरकारले आक्रमक भएर सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् । सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि यातायात सञ्चालन गर्ने निचोडमा पुगेका हुन्  ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।

यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर ‘बादल’ले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उनले अावश्यक सेवा सञ्चालन ऐन- २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन् ।

अत्यावश्यक सेवामा हड्ताल लगायतका अवरोध सृजना गरे ६ महिनासम्म जेल हाल्न सक्ने व्यवस्था ऐनमा छ । ऐनमा भएको व्यवस्था अनुसार हड्ताल गर्न उक्साउनेलाई एक वर्षसम्म कैद सजाय गर्न सकिन्छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । सिटौला सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक एवं माओवादी निकट व्यवसायी हुन् । पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Must View