नागरिक पोष्ट News


लागू औषध बिरुद्धको जनचेतनामुलक कार्यक्रम साङला वालकुमारी उच्च मा.वि सफतापूर्वक सम्पन्न

4.6K

एडु केयर नेपालको आयोजनामा लागू औषध बिरुद्धको १ दिने बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम श्री साङला वालकुमारी उच्च मा.वि.  काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम २०७५ बैशाख १६ गते आइतबार सम्पन्न भएको हो ।

कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष विदुर सापकोटा प्रमुख अतिथि, बालकुमारी मा.वि.का प्रधानाध्यपक टिकारा भट्ट विशिष्ट अतिथि र अतिथिहरुमा राजन थापा भूपू विद्यालय व्यवस्थापक एवं  कार्यक्रम संयोजक, उत्तम कुमार केसी बिद्यालयका सह प्रधानाध्यपक, प्रशिक्षक सन्तोष तमिल्सिना र सागर गुरुङ पूर्व लागू औषध प्रयोगकर्ता र साधना बस्नेत उपस्थिती रहेको थियो । 

लागू पदार्थ प्रयोग तथा दुव्र्यसन बारेको व्यापक जनचेतनाका लागि युवा बिद्यार्थी परिचालन नै सही र भरपर्दो माध्यम हुने प्रशिक्षण तालिममा सहभागी वक्ताहरुले बताए ।

नेपालमा लागू औषध तथा दुव्र्यसनीको अवस्था भयावह बन्दै गएकोले सामाजिक स्तरबाट चेतनामुलक कार्यक्रमहरु धेरैभन्दा धेरै सञ्चालन गर्नुपर्ने  देखिन्छ । लागू औषधको प्रयोगले समाजमा हत्या हिंसासँगै अपराधका घटनाहरु बढाउदै लगेकोले यस बारेको आधारभुत ज्ञान र चेतना  बद्यार्थीहरुलाई दिन जरुरी भएकोले यस्ता सामाजिक अभियानमा सबै एक भएर लाग्नुपर्नेमा खाँचो छ ।

कार्यक्रमका अतिथि राजन थापाले लागू औषध तथा दुव्र्यसनको विकराल समस्यालाई सम्बोधन गर्न सरकार जनचेतनाको अभियान लिएर शहर गाउँ गाउँ र टोल टोलको समुदाय र बिद्यालयहरुमा पुग्नुपर्नैमा जोड दिनुभयो ।  कार्यक्रमका प्रशिक्षकहरुले लागू औषध तथा दुव्र्यसन बिरद्धको अभियानलाई युवा बिद्यार्थीमाझ लैजान लागू औषध बारेका ज्ञान जानकारीलाई प्रवाह गर्न सक्ने जनशक्तिको आवश्यकता खाँचो भएको र त्यसका लागि एक दिने प्रशिक्षण तालिम उपयोगी बताए । 

 लागू औषधको सेवनले मानिसको शारीरिक र मानसिक स्वास्थ्य बिग्रन्छ र यसको प्रयोगबाट स्वयं प्रयोगकर्ता, परिवार, समाज र  राष्ट्रलाई नै अपूरणीय क्षति पुग्ने हुँदा यस्ता पदार्थदेखि टाढा बसौ । 

Must View