नागरिक पोष्ट News


Real Story सर्लाही बलात्कार घटनाको नालीबेली : घटना मेलमिलाप गर्न ५० लाख को प्रस्ताव’ वडा अध्यक्षकै

4.7K

सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजकिशोर रायले बलात्कारको घटना मिलापत्र गर्न दबाब दिएको बालिकाका अभिभावकको आरोप छ ।

उनले बालिकाका आमा बुबालाई घटनाबारे प्रहरीलाई जानकारी नदिन र मुद्दा अगाडि नबढाउन दबाब दिन थालेपछि बलात्कृत छोरी सहित आमा बुबाले जिल्ला छोडेका हुन् ।

बालिकाका आमाबुबाका अनुसार अहिले पनि बालिकाको योनीबाट लगातार रगत बगिरहेको छ । रगत थामिएको छैन । गाउँबाट विस्थापित उनीहरूले छोरीको राम्रोसँग उपचार समेत गर्न पाएका छैनन् ।

जसरी पनि छोरी र आफ्नो ज्यान जोगाउने र बलात्कारीलाई कानुनको कठघरामा दृढताका साथ बरु घरै छोडेको उनीहरूको भनाई थियो ।

यस्तो थियो घटना

राती करिब साढे आठ बजेको समय । बालिकाकी आमा जेठी छोरीलाई उपचार गर्न विरगञ्ज गएकी थिइन् । घरमा बालिका र उनका १८ वर्षका दाजु मात्रै थिए ।

उनी खाना पकाए पछि दाजुलाई बोलाउन थालिन् । दाजु आएनन् । सायद कतै टाढा थिए । बहिनीको आवाज सुनेनन् उनले । घरमा बालिका एक्लै भएको कुरा सुनिलले थाहा पाए । त्यही मौकाको फाइदा उठाएर बलात्कारको योजना बनाए ।

अत्यन्तै गरिब परिवारकी किशोरीलाई आफ्नै टहरोमा बसिरहेका बेलामा मुखमा पट्टी बाँधेर आएका सुनिलले नजिकैको उखु बारीमा लगे । हात मुख छोपेर बलात्कार गरे ।

बलात्कारका क्रममा बालिका चिच्याइन् । उनको चित्कार घरसम्म पुग्यो । बालिकाका माइली काकीले खेततिर को चिच्याउँदै छ । के भयो भन्दै खोजी गर्न थाले । तर काकाले तपाईंलाई किन चाहियो र ? चुप बस भन्दै बाहिर निस्किन दिएनन् ।

एक छिन पछि बालिका फेरि चिच्याइन् । त्यो चिच्याहट बालिकाकी साइली काकीले सुनिन् । अनि खेतमा कसलाई के भयो भन्दै सबैले खोजी गरे । एकै छिनमा बालिका रक्ताम्मे अवस्थामा फेला परिन् ।

उनले दाजु र काकाहरूलाई डर र लाजले घटना भन्न सकिनन् । साइली काकीसँग घटनाको बेलिबिस्तार सुनाइन् ।

१० गते दिउसो ३ बजेको थियो । बालिकाकी साइली काकाले उनका बुबालाई फोन गरिन् । रिक्सा चालक बुबाले छोरी बलात्कृत भएको दुखद् खबर सुनेपछि विरगञ्ज अस्पतालमा छोरीको उपचारमा रहेकी श्रीमतीलाई घर पठाए । आफू ११ गते घर गए र प्रहरीकोमा उजुरी दिए ।

छोरी बलात्कार भएको मौखिक उजुरी लिएर जिल्ला प्रहरी कार्यालय गएका बुबाको कुरा प्रहरीले सुनेन । उनलाई इलाका प्रहरी कार्यालय हरिपुर जाउ भनेर पठाइदियो ।

न्याय पाउने आशामा हतारिएर इलाका प्रहरी कार्यालय हरिपुर पुगे । हरिपुर प्रहरीले मुद्दा दर्ता भइसक्यो भन्ने जानकारी गरायो । तर कुन मुद्दा दर्ता गर्यो, मुद्दामा के–के कुरा उल्लेख, मुद्दा दर्ता नम्बर कति हो केही भनेन । उनीसँगै गएकी अधिकारकर्मी महिलालाई समेत प्रहरीले यो बारेमा जान्न खोज्दा समेत जानकारी दिएन ।

सर्लाहीबाट बिहीबार बिहान जब पीडितको परिवारले घर छोड्यो तब हरीपुर ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल ठकुरीले अधिकारकर्मी महिलालाई फोन गरेर भने, ‘तपाईंले त बर्बादै गर्नु भो । आज घटना मिल्ले कुरा थियो’ (इन्स्पेक्टरको फोनको रेकर्ड महिला खबरसँग सुरक्षित छ) ।

नाटकै भयो, इन्स्पेक्टर ठकुरी

यस सम्बन्धमा बुझ्न खोज्दा हरीपुर ईलाका प्रहरी कार्यालयका इन्स्पेक्टर अनिल ठकुरीले महिला खबरलाई भने, ‘यो सब नाटक हो । बलात्कार जस्तो घटना पनि मिलाउँछ त कसैले ?’ ठकुरीले प्रहरीले आरोपित पक्राउ गर्नुको सट्टा वडा अध्यक्ष राजकिशोर रायसँग मिलेर घटना ढाकछोप गर्न खोजेको आरोप छ नी ! भन्ने प्रश्नमा यस्तो बताए ।

घटनाको बारेमा थाहा पाए पछि ११ गते ईलाका प्रहरी कार्यालय हरिपुरले बालिकाको मेडिकल जाँच गराएको पनि इन्स्पेक्टर ठकुरीले बताए ।

गाउँलेले समाते, प्रहरीले समातेन

बलात्कारका आरोपी सुनिललाई बालिकाको बयानका आधारमा गाउँलेले घटना भएकै राती समातेर बाँधेर राखेका थिए । गाउँले मध्येकै धेरैले घटनाको बारेमा प्रहरीलाई जानकारी गराए ।

तर प्रहरी गाउँलेबाट समातिएका सुनिललाई पक्राउ गर्न गएन । सुनिलले वडा अध्यक्ष, प्रहरी सबै आफूले जे भन्यो त्यही मान्छ भन्दै धम्की दिन थालेपछि गाउँलेले पनि घटनाको दोस्रो दिनमा छोडिदिए । अहिले उनी फरार छन् ।

मैले चाल खेलेको हो, वडा अध्यक्ष राय

वडा अध्यक्ष राजकिशोर रायले भने बलात्कारको घटना मिलाउँछु भन्ने कुरा आफ्नो ‘चाल’ मात्रै भएको बताए । ‘पैसा यति दिन्छु, उती दिन्छु त भनेकै छैन । हो, गाउँका १० जना बसौं । गाउँको घटना कसरी हुन्छ, गाउँमै मिलाऔं भनेको हुँ । तर सुनिललाई पक्राउ गराउने मेरो चाल थियो यो’ उनले भने ।

घटना मिलाउने भने पछि सुनिल पनि आउलान् र ईलाका प्रहरीलाई खबर गरेर उनलाई पक्राउ गर्न सजिलो हुन्छ भन्ने योजना बनाएर आफूले घटना मिलाऔं भनेको उनले प्रष्ट्याए । तर पैसा दिने कुरा भने आफूले गर्दै नगरेको उनको भनाई छ ।

News Source: महिला खबर

Must View