फरक दाहसंस्कार : शंङ्ख फुक्दै अघिअघि एकजना र मलामी लर्को पछिपछि मसान घाट तिर - फोटोफिचरसहित
- प्रबिन थपलिया,
थानापति नुवाकोट, एकजना शंङ्ख फुक्दै अगिअगि र पछिपछि मलामीको ठुलै लर्को शव वोक्दै मशान घाट तिर अघि वढदै थिए । मलामी तथा किरीया पुत्रीको मुहारमा कुनै शोकको छन्क थिएन तै पनि नारायण नारायण भन्दै अगि बढदै थिए । मसान घाटमा ल्याईएको शव अघिपछि भन्दा फरक देखिन्थ्यो मलामीहरू भन्दै थिए विचर बुढा डछ वर्ष देखि खान नपाएर सुकेर यस्तो भएछन कठै वरा हॅसी मजा गर्दै थिए।
मसानघाटमा शव दाहसंस्कार गरेको हेर्नेको घुईचो थियो कुनै फिल्म सुटिङ जस्तो कस्ले के गर्दै कसैलाई पत्तो थिएन । दागवत्तिको समय आयो एकजनाले हॉसदै हॉसदै शवको मुखमा वत्ति राखिदिए । कसैको मुहारमा चिन्ताको भाव नदेखेपछि एउटी वटुवाले सोधिन यस्तो दुखद घडिमा पनि तपाईहरु हॉसी मजाक गर्दै हुनुहुन्छ त एउटा मलामीले जवाफ दिए हाम्रो जातिमा यस्तै परम्परा छ ।
आफ्नो छोरा द्ध वर्षको हुॅदा घरवाट भागेका नुवाकोट थानापति ढ काफलडॉडाका भैरव प्र ।पाण्डे छोराको विवाह भै नाति नातिना पनाति पनातिना भै सक्दा पनि फर्किएनन उनी आउने वाटो कुर्दा कुर्दै उनिका छोरा विते तै पनि उनिको कुनै पत्तो भएन । हिन्दु परम्परा अनुसार कुनै मानिस वेपत्ता भएमा उस्को उमेर 100 नाघेपछि उसका छोरा नातिले कृतिम शव वनाई दाहसंस्कार गर्ने परम्परा अनुरुप उनका नाती विनोद पाण्डेले आज हिन्दु परम्परा अनुसार आफ्नो वेपत्ता हजुरवुवाको कृतिम शव वनाइ घाटमा लगेर विधिपूर्वक लास जलाई किरियामा वसेका छन ।