नागरिक पोष्ट News


Earthquake Nepal ‘पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा’

7K

२०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको जनाएको छ । चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमकदेखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्षपहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिले महाभूकम्प गएको थियो ।

त्यस्तै, त्रिवेणी र बाग्मतीलाइ मध्यक्षेत्रमा राखेर अध्ययन गरिएको र यस क्षेत्रमा ११ मिटर दरार विस्थापित हुन बाँकी रहेको देखिएको छ । त्यस्तै, पश्चिममा १० मिटर बाँकी छ । ‘पश्चिममा १५०५ सालमा महाभूकम्प गएको अध्ययनले देखाएको छ,’ चम्लागाईंले भने । यसअघिको अध्ययनले नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम देखाएको थियो ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिला महाभूकम्प गएको थियो

नितु घले/ Annapurnapost.com

Must View