Snake Man पत्याउनुहुन्छ ! १८ वर्षिय किशोर ठ्याक्कै सर्प जसरि नै हिँड्ने थालेपछि - भिडियोसहित
नुवाकोटको शिवपुरी गाउपालिकामा बिज्ञानलाई नै चुनौती दिने घटना भएको छ । सर्पको जस्तै हाउभाउ गर्ने एक किशोर चारदिन पछी परम्परागत उपचार बिधिबाट निको भएका छन ।
शिवपुरी गाउपालिका वडा नं ५ महाकालिको स्याङताङ टोलका अठार बर्षिय सन्जिव तामाङ बैशाख ५ गते रातिबाट बिरामी भए । छिमेकिको बिहेमा गएर घर फर्कदै गरेका उनलाई राती १० बजे बाटोमा एउटा सर्पले घाँटिमा बेर्यो ।
:
बिहान ४ बजेसम्म सर्प घाटिमा बसेको सन्जिवले अन्तिममा सर्पको टाउको चुसे र दुधजस्तो एकमुख थुक थुके । त्यसपछी सर्पले छाड्यो । आफन्त साथी भाइले बोकेर घरमा पुराएपछी यिनी आफै सर्प जस्तै बने । बिरामिका बुवा मुमबहादुर तामाङ छोरा सन्जिव चारदिन सम्म सर्पको हाउभाउमा बसेको बताउँछन ।
सर्प संगको चार घण्टा लामो बसाईले सन्जिव सर्प जस्तै बनेका छन । कुण्डला माबी भद्रुटारमा कक्षा १२ मा पढ्दै गरेका यि किशोरमा यस्तो फरक खालको समस्या यो भन्दा अगाडी देखिएको थिएन ।
घसृएर हिँड्ने, खानपिन नगर्ने, साना-साना ठाउमा आफ्नो शरीर छिराउने, सर्पको जस्तै जिब्रो निकाल्ने, उनि मानिसहरुको होहल्ला र जमघट मन पराउदैनन ।
त्यसैले उनको परिवारले उनलाई घिस्रनको लागी तितेपाती डुबाएको पानी छर्केको स्थान र गाईको गोबर ले लोटाएको पिँडी ठिक पारेका छन ।