नागरिक पोष्ट News


USA Nepalese अमेरिकाबाट ९ हजार नेपालीलाई यसरी फिर्ता पठाइदै

2.5K

अमेरिकाको प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारी गरेको छ । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश फर्काउने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अस्थायी रुपमा बस्दै आएका आप्रवासीहरुका बारेमा नयाँ नीति तर्जुमा गर्दै आप्रवासीहरुको संख्या कटौती गर्न लाग्नुभएको हो । अमेरीकामा रहेका नेपालीलाई स्वदेश फर्कन एक वर्षको समयावधि दिइने वासिंटन पोस्टले जनाएको छ । सन् २०१९ जुन २४ सम्ममा पनि स्वदेश नफर्किएमा प्रशासनले कारवाही गरी फर्काइदिनेछ । अमेरिकाले नेपाल लगायत केही मुलुकका नागरिकका लागि अस्थायी आवासीय सुविधा दिदैं आएको थियो । हालै अमेरिकाले साल्भाडोरका २ लाख, हाइटीका ५० हजार र निकारागुवा तथा सुडानका सानो संख्यामा आप्रवासीहरुलाई अस्थायी आवासीय अनुमति रद्द गरेको थियो । आप्रवासीहरुलाई दिर्घकालसम्म अमेरिकामा बस्ने सुविधाका लागि त्यस्तो अनुमति नदिएको ट्रम्प प्रशासनले जनाएको छ ।

Must View