No Parking अब सडकमा जथाभावी पार्किङ गर्ने कार र मोटरसाइकलको यसरी ‘लक’ लाग्छ
14.3K
सडक जथाभावी सवारी साधन पार्किङ गर्नेहरूलाई ट्राफिक प्रहरीले कारबाही तीब्र पारेको छ ।काठ माडौंको अनामनगरमा सडक पेटीमा जथाभावी सवारी साधन पार्किङ गरेर पैदल यात्रुलाई दुःख दिने सवारीधनीलाई सोमबार ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सोबार ट्राफिक प्रहरीले झण्डै एकदर्जन जिर र कारलाई कारबाही गरेको हो । ट्राफिक प्रहरीले सडकपेटीमा पार्किङ गरिएका कारमा चक्कामा ‘लक’ लगाएर कारबाही गरेको हो ।
काठमाडौंमा अधिकांश स्थानमा मोटरसाइकल, कार र जिपहरू सडकपेटीका साथै सार्वजनिकस्थलहरूमा जथाभावी पार्किङ गर्ने गरिएका कारण पैदल यात्रुलाई हिँड्न समस्या पर्दै आएको छ ।
बागबजारमा पनि सडकपेटी र छेउमा कार र मोटरसाइकल पार्किङ गरेका कारण समस्या हुँदै आएको छ । बागबजारमा पनि जथाभावी सडकपेटीमा राखिएका कार र मोटरसाइकललाई कारबाही गर्न माग उठेको छ ।