Salute Nepal Government ट्याक्सीको पनि सिण्डिकेट तोड्ने तयारी गर्दै सरकार
सार्वजनिक सवारीको सिण्डिकेट तोड्न कडा रुपमा प्रस्तुत भएको सरकारले अब ट्याक्सीको पनि सिण्डिकेट तोड्ने भएको छ । पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपनुपर्ने भन्दै सरकार सोही अनुसार अघि बढ्न लागेको हो ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गरेका हुन् । मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होईन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्र्तगर्त व्यवस्थित् गर्छौं ।’
सिण्डिकेटको अन्त्य अहिले नभएर धेरै पहिल्यै भैसकेको जनाउँदै उनले भने, ‘अहिले नेपालमा कतै सिण्डिकेट छैन । पहिला थियो । मात्रै के सवाल हो भने उहाँहरुलाई नविकरण गर्ने सवालमा कम्पनी ऐन अन्र्तगर्त आओस् भनेर हामीले यो असार मसान्तसम्म समय दिएका छौं । हो, कम्पनी दर्ता गर्नको लागि समय चाहिन्छ ।’
उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए । कम्पनी ऐन अन्र्तगत व्यवसायीहरु आउँदा यसले बसका असली मालिकहरुलाई फाईदा हुने उनको भनाई थियो ।