एक युवाको मर्मस्पशी कथा : फेरि किसानै बन्न गाउँ आइस् त्यो थाहा भएको भए तलार्इ पढाउने नै थिइन
बाउ भन्छन् मैले जिन्दगीभर दुःख गरेर पढाए को आज यहि दिन देख्नका लागि हो । किसान वन्न आइस किसानै बन्छस भन्ने थाहा भएको भए तलाइ पढाऊन खर्च नै गर्ने थिइन । जागीर खा हाम्रो इज्जत राख यो पेसा नगर त पढेर ठुलो मान्छे बन्छस् भनेर हामीले यहि रगत पसिना बगायौ । छरछिमेकी गाउलेले भन्छन् फलानोले यतिधेरै पढेर पनि केहि गर्न नसकेर गाउमै आएर किसान बन्यो । गाउँमा पढन अल्छी लाग्ने केटाहरु मेरै उदाहरण लिन्छन रे पढेर के हुन्छ र बा फलानो दाइले पढेर के गरे त आखिर किसान न हो तिनीहरुका अभिभावक गुनासो गर्न आउछन म सँग बाबु बरु बिदेश जाउ तिमीले गर्दा हाम्रा सन्तान बिगर्ने भए । कोही भन्छन तैले लोकसेवा लढनु पथ्र्यो कृषिमा लागेर आफनो भविष्य बिगारीस । विदेश भिसा लागेको एउटी गाऊको वहिनिले भनिन् दाई तपाईलाई भविष्यको चिन्ता लाग्दैन के छ कृषिमा म छोरी मान्छे भएर पनि विदेश जॉदै छु आँट नभएको मान्छे ।
खै मैले के देखेर यो देश छाड्न सकिन र आजकल दुनियाँको हाँसोको पात्र वनिरहेको छु । यहाँ सम्मकी विवाह गर्न केटीको कुरो आउथ्यो केटो के गर्छ किसान ए ! ए !त्यतीकैमा कुरो टुङगिन्थयो । यहाँ जुन देश जाओस्, विदेश गएर आउनेको बरु इज्जत छ।
विहे गर्नको लागि भनौ समाजमा इज्जत पाउन बिदेसीनु पर्ने बाध्यता छ । कृषि प्रधान देशमा कृषि पेशा गर्नु राम्रो मानिदैन रहेछ । मिडीयामा सधै सफलताको कथा आऊछ, खै ! यहॉ मेरो भविषय कस्तो हुन्छ, आफैलार्इ थाहा छैन । सरकार कृषि क्रान्ती त भन्छ, हामीजस्तो आफ्नो भविष्य तिलान्जली दिएर कृषिमा केहि गर्न चाहनेर्लार्इ सहयोग गर्दैन । आफुले यो क्षेत्रमा आउनुभन्दा पहिला कमाएको पैसाले व्यावसाय सुरू गरियो । प्रतिफल त के ! लगानी उठने अवस्था पनि छैन अहिले ।
साँच्चै, भन्ने हो भने सरकारले कृषिमा गर्ने लगानी भनेको आफ्ना बेरोजगार कार्यकताले जागिरको माग गर्दा - "कृषि गर म अनुदान मिलाई दिउला " भनेर भुल्याउने बाटो मात्र हो । सरकारको कृषि नीति जनतालाई हलि तथा बाँधा वनाउने नीति हो । सरकारको निति " युवालाइ नेपाल वस्न मन नलागने बनाउने र बिदेश खेदने, ता कि कुनै रोजगारी नि दिन नपर्ने, कुनै लगानी पनि गर्न नपर्ने । विदेशी मुद्रा आईरहने देश चलिरहने।" के यही हो नेपालमा कृषि क्रान्ती ?
- @PR