Press Attack : बलात्कार विरोधी कार्टुनलाई ज्यान मार्ने धम्की आएपछि
भारतमा कार्टुन पत्रकार स्वाती बदलामुडिलाई बलात्कारको बिरोधमा तयार परिएको कार्टुन प्रकाशित भएपछि ज्यानमार्ने धम्की आएको छ । धेरै फोन मार्फत अपहरण गर्ने धम्की आएका छन् त कतिले अनलाईन मार्फत मार्फत धम्की दिइरहेका छन् ।
उनले बनाएको बलत्कार बिरुद्धको कार्टुनले हिन्दु धर्मको अपमान गरेको ठहर गर्दै धम्की दिएको उल्लेख छ ।
कार्टुनमा हिन्दु देवता राम र उनकी पत्नी सीताको बीचमा भएको कुराकानी लेखिएको छ । जसमा बलात्कारका अभियुक्तलाई रिहा गर्न गरिएको सहयोगलाई व्यङ्ग्य गरिएको छ ।
कार्टुनमा सीताले रामलाई भन्छिन्, उनलाई रामका भक्तहरुले नभई रावणले अपहरण गरेकोमा खुसी छन् । धम्कीले झन् मजबुत बनाएको महसुस भईरहेको स्वातीले बताएकी छिन् ।
उक्त कार्टुन सामाजिक सञ्जालमा निकै धेरै सेयर गरिएको छ । तर, हिन्दु महाकाव्य रामायणका पात्रहरुलाई प्रयोग गरिएकोले यसलाई बिवादमा ल्याईएको छ । उनी बीबीसीलाई भन्छिन्, यस्ता ब्यङ्ग्यात्मक कार्टुन बनाउने उनको सौख नै हो ।
खासमा यो कार्टुन बनाउनुको उद्देश्य गतहप्ता चर्चामा रहेका दुई कुख्यात बलात्कारका घटनाहरुको बिरोध गर्नु नै थियो ।
घटना १
काथुवा जिल्लाकी एक ८ वर्षीया मुस्लिम बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको थियो । उक्त घटनामा केही हिन्दु धर्म प्रति आस्था राख्नेहरुको संलग्नता रहेको जनाइएको छ ।
उनीहरुको रिहाइका लागि भारतीय जनता दलमा अबद्ध दुई जना मन्त्रीहरु अभियुक्तहरुलाई छुटाउनका लागि गरिएको बिरोध र्यालीमा सहभागी थिए ।
घटना २
१६ वर्षीया किशोरीले भारतीय जनता पार्टीका एक जना कानून निर्माताले उनलाई बलात्कार गरेको आरोप लगाईन । उनको घर अगाडि अत्महत्या प्रयास गरिन् ।
स्वातीले बीबीसीसँग भनिन्, यि दुबै घटनामा भारतका सत्तरुढ दल बिजेपिका नेताहरुको संलग्ना रहेको छ । उनले थपिन, जसले अभियोगको बिरोध गरिरहेका छन् ति सबै राम भक्त नै हुन् ।
कार्टुनमा भनिए जस्तै यदि सीता रामका भक्तहरुबाटै आहरणमा परेको भए सीतालाई के हुन्थ्यो होला ? सायद उलको बलात्कार हुनसक्थ्यो भन्ने आसय व्यक्त गरिएको छ ।
‘म राती सुत्न सकिरहेकी छैन । राति सामाजिक सञ्जालमा थुप्रै धम्की आईरहेका छन् । मेरा परिवारका हरेक सदस्यलाई मेरो सुरक्षालाई लिएर चिन्ता बढिरहेको छ, उनी भन्छिन् ।
हिन्दु धर्मको मर्ममाथि आघात हुने काम गरेको भन्दै उनका विरुद्धमा भारतीय प्रहरीमा उजुरि दर्ता भइसकेको छ । महिला समूहहरु तथा भारतीय पत्रकार संघले उनी बिरुद्धको गरिएको उक्त मुद्दाको बिरोध गरेका छन् । साथै यसलाई पे्रसमथिको आक्रमण भएको समेत ठहर गरेका छन् ।
भारतमा विगत केहीवर्ष यता पत्रकारहरु हिन्दु धर्म माथि आलोचनात्मक भएको आरोप लाग्ने गरेको छ । त्यसैले धेरै महिलाहरुलाई बलात्कार तथा यौन हिंसा गर्ने धम्की दिने गरेको पाईन्छ ।
साभार : बीबीसी