रातो मछिन्दनाथको रथयात्रा : ललितपुरको सबैभन्दा ठूलो जात्रा
4.1K
रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । प्रत्येक वर्षा वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरु हुन्छ । दिउँसो मीननाथको रथलाई पुल्चोक पुर्याएपछि रातो मच्छिन्द्रनाथको रथयात्रा पूर्णरुपले सुरु गरिन्छ ।
पहिलो दिन रथलाई तानेर नःटोल पुर्याइन्छ । रथ तान्ने पर्वभरी होम र गाई दान गर्ने गरिन्छ । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा ठूलो जात्रा हो ।
रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाउने गरिन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।