नागरिक पोष्ट News


IGP Khanal Action सरकार र जनताको अपेक्षा अनुरुप भष्टाचारी र डन बिरुद्धको अपरेशन - आइजीपी सर्वेन्द्र खनाल

6.8K
आइजीपी सर्वेन्द्र खनालको अबको कदम, प्रहरी संगठनको छवि उँचो बनाउने अभियानमा   भष्टाचारी र डनलाई कुनै हालतमा छोड्दिन, नैतिक आचारण र इमान्दारिता प्रहरीको प्राण - आइजीपी सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरकार र जनताको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । नवनियुक्त महानिरीक्षक) सर्वेन्द्र खनालले मातहतका प्रहरी अधिकारीहरुलाई कानुनमा नझुक्न र नचुक्न निर्देशन दिएका हुन् । आईजीपीको पदभार सम्हालेपछि  प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा खनालले यस्तो निर्देशन दिएका हुन् ।

खनालले प्राप्त स्रोत साधनको अधिकतम प्रयोग गर्दै प्रहरीको छवि अझ उच्च बनाउने बताएका छन् । मुलुकको शान्तिसुरक्षाको जिम्मेवारी कुशलतापूर्वक निभाउन निर्देशन दिँदै प्रहरी संगठनको विकासका लागि आफूले पहल गर्ने बताए । उपत्यकाका ३ जिल्ला काठमाडौं, लतिलपुर र भक्तपुरका प्रहरी निरीक्षकभन्दा माथिका दर्जालाई निर्देशन दिँदै खनालले प्रहरी देश र जनताकोे सुख–दुःखको साथी भएको बताए । दत्तचित्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न प्रहरीले कसैसँग कानुनविपरित सम्झौता गर्न नहुने उनको भनाइ थियो ।

खनालको कडा चेतावनी अब लोभ लालचमा पर्नेहरु प्रहरी संगठनभित्र अट्दैनन्’ 

आईजीपी सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह लगाएकै दिन प्रहरी अधिकारीहरुलाई निर्देशन दिँदै भने, ‘कुनै लोभ लालचमा नपरी इमान्दारीताका साथ जनताको काम गर्नुस्, कसैको दबाबमा परेर काम नगर्नु र नगराउनु भनेर प्रहरी अधिकारीहरुलाई सचेत गराएका छन् ।

औपचारिक रुपमा महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै प्रहरी मुख्यालयमा उच्चपदस्थ प्रहरी अधिकृतलाई डाकेर उनले यस्तो निर्देशन दिएका हुन् । प्रहरी संगठनको छवि धमिलो बनाउनेहरु संगठनभित्र क्रियाशिल रहेको भन्दै खनालले अब प्रहरी संगठनमा त्यस्ता व्यक्ति नरहने खनालले बताए । नैतिक आचारण र इमान्दारिता प्रहरीको प्राण भएको उनको भनाई छ । खनालले गुन्डागर्दी र तस्करीविरुद्ध  प्रहरी संगठनले डटेर काम गर्ने बताए । 

गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, 'लाेभ, लालचमा पर्ने कसैलार्इ छाडिन्न'

 

प्रहरी महानिरीक्षक सवेन्द्र खनालले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् । उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए ।

आइतबार प्रहरी क्लब, भृकुटीमण्डमा भएको ब्रिफिङमा आईजीपी खनालले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’

उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने बताए ।

यो पनि पढ्नुस् 

सर्वेन्द्र खनाल: ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म

असईको सेखी झार्न इन्स्पेक्टरमा भर्ना भएका थिए सर्वेन्द्र खनाल

Must View