नागरिक पोष्ट News


वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्द, देशभर सार्वजनिक यातायात नचल्ने

19.9K

सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

 २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ  ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने छ । ‘

६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँने त्यसपछि गाडीमा विरोधस्वरुप कालो झण्डा राखिने,’ ‘र  १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने कार्यक्रम महासंघले तय गरेको छ ।

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । 

Must View