मातातीर्थ औंसी - आमाको मुख हेर्ने दिन, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । आमालाई सम्मान गरौ
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै शास्त्रीय रुपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैमा महत्वपूर्ण छ । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो९कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवतिु ।
वैशाख कृष्णपक्ष औँसी अर्थात मातातीर्थ औसी । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर मुलुकभर मातातीर्थ औँसी मनाइन्छ । छोराछोरीहरुले नुवाईधुवाई गरी आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने चलन रहेको छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमालाई सम्झि रहेका छन् । आजका दिन काठमाडौं उपत्यकाको पश्चिम थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थमा पाल मुण्डन एवंम स्नानपश्चात् आफ्नी आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । त्यहाँ भएको ठूलो पोखरीमा भित्री हृदयले शुद्ध भएर हेरेको खण्डमा आफ्नी मृत आमाको अनुहार देख्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
मातातीर्थे औंसीको धार्मिक महत्व तथा प्राचीन किम्वदन्ती यस्तोमातातीर्थ औसीका सम्बन्धम प्रचलित किंवदन्ती अनुसार भगवान् विष्णुको सातौँ अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुग्नुभयो । उहाँलाई अपरिचित र नौलो देखेर स्थानीयवासीले आक्रमण गरे । उनीहरूबीचको घमासान युद्धका कारण दुवै पक्ष आकुल व्याकुल बन्न पुगे । उक्त समयमा सीतालाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै गङ्गाजीको स्तुति गर्दै तीनपटक मन्त्र उच्चारण गरी जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बनेको भनाई छ । त्यहाँ सीताले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूर्तिमा कोरिन पुग्यो ।
त्यस्तै अर्को किंवदन्तीअनुसार उक्त समयमा त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ,, उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर र्फकने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाई९बुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो ।
यसरी विधिवत् रूपमा छोराछोरीहरू आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आ(आफ्ना आमाको मोक्ष प्राप्त गराउन यो तीर्थमा मेला भर्न आउँछन् । यो तीर्थमा सतीदेवीको अंग पतन भै मातुलेश्वर महादेवको उत्पत्ति भएको वर्णन श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । पुण्यप्राप्तिका लागि कोटी होम, यज्ञ, पूजापाठ एवं अनेक तीर्थव्रत गरेको भन्दा पनि यो तीर्थमा प्रवेश गर्दा बढी फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हामी कुनै दुःख(कष्ट आइपर्दा पहिले आमालाई नै सम्झन्छौं । यसरी हामीले आमाबाट जन्मदेखि ठूलो हुन्जेलसम्म माया, ममता र संरक्षण पाइरहेका छौं । यसैले आमा हाम्री जननी हुन्, देवी हुन् । आमालाई कुनै पनि हालतमा श्रद्धा र सम्मान गर्न चुक्नुहुँदैन । आमाको अपमान गर्दा वा अपशब्द बोल्दा जो९कसैलाई घोर पाप लाग्छ भनेर पौराणिक ग्रन्थहरूमा प्रस्ट उल्लेख गरिएको छ । आमाको जस्तो निष्कलंक, स्वच्छ माया अरू कसैले दिनसक्दैन । संस्कृतमा उक्ति पनि छ कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवतिु ।