नागरिक पोष्ट News


धनियाँ र खुर्सानी ताजा राख्न यसो गर्नुस्  ः

3.5K

हामी सवैको घर भान्साको समस्या विषेश गरि महिला तथा गृहणीको समस्या हेर्नुसन अघिल्लो दिन लहराउँदो धनियाँको पात ल्यायो, भोलिपल्ट हेर्दा ओइलाएर सुक्न थाल्छ । तीन–चार दिनमै हरियो खुर्सानी भेट्नोतिरबाट कुहिन थाल्छ । पक्कै पनि, यो समस्या सबैको भान्सामा छ । तर, हामी आफैले सानो आइडिया लगायौं भने  समस्याबाट मुक्ति मिल्न सक्छ त्यसैले मैले जानेको र गरेर हेरेको केही विधी तपाईहरु समक्षय पेश गरेकी छु चित्त बुझे  तपाई पनि यो उपाय अपनाउनुस् है

उपायहरु ः

१. जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस् । कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ सातादिनसम्म पनि हरियै र ताजै रहन्छ । आवश्यकताअनुसार निकाल्दै प्रयोग गर्न सक्नुहुन्छ ।

२. हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ । बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिनुहोस् । अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरिदिनुहोस् । झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन । आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गर्नुहोस् ।  पढ्नु भयो अव तपाई पनि यसै गर्नुस् है त ।।।।।।।।।

Must View