Real Story आमाको नामबाट नागरिकता : सहज छैन, एक सञ्चारकर्मीको तीतो अनुभव
–इच्छा गुरुङ
यी पङ्तीहरु लेख्न शुरु गर्दा मनमा अनेकन भावहरु उठिरहे । आफ्ना भोगाईलाई कुन माध्यमबाट व्यक्त गरुँ भन्ने लाग्यो । एक सामान्य नागरिक, भिक्टीम, संचारकर्मी वा एक आमाको हैसियतले कसरी व्यक्त गरुँ? उल्लेख गरिएका सबै पात्र म आफैं हूँ, तर जे भावना अभिव्यक्त गर्न यी शब्दहरु पोखिरहेको छु । त्यसका लागि सबैभन्दा सही चिनारी एक आमाको रुपमा नै हुन सक्छ । किनभने जुन भोगाई विगत केही महिनायता भोगं,े त्यो कुनै प्रसव पीडा भन्दा कम थिएनन् ।
समय बित्दै गए र यसै वर्ष उनले एसइइ सकेर ११ मा पढ्न थालेकी छे । अर्थात अब उ मेरी छोरी मात्र होइन, १६ वर्षकी बालिग नागरिक बनिसकेकी छे । अब मेरो प्रमुख जिम्मेवारी छोरीलाई यो देशको नागरिक भएको पहिचानपत्र अर्थात नागरिकता दिलाउनु थियो । मैले एकल आमाको रुपमा निभाउनुपर्ने सम्पूर्ण जिम्मेवारी निभाएको कारण पनि म चाहन्थे मेरी छोरी मेरो पहिचानसँगै जोडियोस् आधिकारिक रुपमा नै । मेरी छोरीको चाहन्थिन्, उनको नाममा आधिकारिकता उसको आमाको नामसँग मात्र जोडियोस् । फेरि आमाको नाममा नागरिकता दिने प्रावधान संविधानमै उल्लेख भैसकेको सुन्दै आएकीले म पनि ढुक्क थिएँ ।
आमाको नाममा नागरिकता : सहज छैन, कठिन हैन !छोरीको चाहना अनुरुप मैलै स्कुलमा निवेदन गरी स्कुलको एसइइको शैक्षिक प्रमाणपत्रहरुमा आमाको नाम राखेकी थिएँ । त्यो समयमा स्कुलले पनि मलाई सहयोग गरेको हो । सबैतिरबाट विश्वस्त म आवश्यक प्रमाण र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी लिएर छोरी सहीत नागरिकता सिफारिसको लागि वडा कार्यलय पुगें। वडाध्यक्षले सबै कागजपत्र हेर्नुभयो र सही गरिदिनु भयो ।
“बुबाको नाम लेख्ने स्थानमा किन खाली” उहाँले पनि त्यही प्रश्न गर्नुभयो । “छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भएपछि छोरी सानैदेखि मेरो र मावलको संरक्षणमा हुर्किएको हो सर, आजसम्म बुबाले बुबाको कुनै पनि जिम्मेवारी बहन गरेन । मेरो छोरीको सबै म नै हूँ । त्यसैले छोरी मेरो नामबाट नागरिकता लिन चाहन्छे,त्यही भएर खाली छोडेको हूँ । फेरि मैले सबै प्रमाणहरु पेश गरेको छु । “सर संविधानले नेपाली बुबा आमाको सम्बन्ध बिच्छेद भएको हकमा सन्तानले स्वेच्छाले आमाको नामबाट नागरिकता लिन पाउँछ भन्ने कानुनी आधारमै मैले आफ्नो र छोरीको अधिकार मागेको हूँ”
त्यसपछि त्यही सिफारिस बोकेर आमा छोरी जिल्ला प्रशासन कार्यालय बबरमहल पुग्यौं । १०१ नम्बर कोठाको झ्यालमा गएर सबै कागजपत्र पेश गरे । शुरुमै “बुबाको नाम खै त” भन्ने प्रश्न तेर्सियो । “छोरीले मेरो नामबाट नागरिकता लिने इच्छा राखेकी छे । म पनि त्यही चाहन्छु । छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भईसकेको प्रमाण सहित अरु कागजपत्र पेश गरेकी छु सर” मैले जवाफ दिएँ ।सबै बेलिबिस्तार लगाएपछिती कर्मचारी पनि सकारात्मक देखिए र आवश्यक प्रक्रिया पूरा गरी सहीछाप गरेर १०३ नंम्बर कोठाको झ्यालमा जान भने । उनले भनेकै कोठा नम्बरमा पुगेर कागजपत्र पेश गरें । उहाँ सहायक सिडियो हुनुहुनुदोरहेछ । “बुबाको नाम लेख्ने स्थानमा किन खाली” उहाँले पनि त्यही प्रश्न गर्नुभयो । “छोरीको बुबासँग मेरो सम्बन्ध बिच्छेद भएपछि छोरी सानैदेखि मेरो र मावलको संरक्षणमा हुर्किएको हो सर, आजसम्म बुबाले बुबाको कुनै पनि जिम्मेवारी बहन गरेन । मेरो छोरीको सबै म नै हूँ । त्यसैले छोरी मेरो नामबाट नागरिकता लिन चाहन्छे,त्यही भएर खाली छोडेको हूँ । फेरि मैले सबै प्रमाणहरु पेश गरेको छु ।” मैले यति भनिनसक्दै उहाँले “हुँदैन” भनेर केही लेख्न थाल्नुभयो–फारमको पछाडि । “सर संविधानले नेपाली बुबा आमाको सम्बन्ध बिच्छेद भएको हकमा सन्तानले स्वेच्छाले आमाको नामबाट नागरिकता लिन पाउँछ भन्ने कानुनी आधारमै मैले आफ्नो र छोरीको अधिकार मागेको हूँ” मैले बुझाउन चाहें, तर सहायक सिडियो साबलाई त्यति धैर्य कहाँ? फारममा बुबाको नाम उल्लेख गरी नागरिकता दिनु भनेर सही गरेर फारम फिर्ता गर्नुभयो ।
कानूनमा ब्यवस्था भएको हक मैले किन पाउन सक्दिनँ ? कसले उत्तर दिने? एक मनले भन्यो–नामले के फरक पर्छ र किन तनाव लिनु ? जसरी दिनु भनेको छ,त्यसरी नागरिकता लिए टन्टै साफ ! फेरि अर्को मनले रोक्यो । छोरीको लागि अनि आफ्नै लागि पनि मैले अझै लडनुपर्छ भन्ने ढृढ संकल्पले छाती भरियो । संवैधानिक अधिकारले मलाई आत्मबल दिइरहेको थियो ।
एक जना वकिल साबलाई चिनेकी थिएँ । उहाँकै सल्लाहमा कानूनले कागजमा दिएको हक अब अनुभव गर्न पाउँ भन्दै हामीले जिल्ला प्रशासन बिरुद्व पाटन उच्च अदालतमा मुद्दा दायर गर्यौं ।
मुद्दा दर्ता त गरें, त्यसपछि शुरु भयो मनका तर्कनाहरु । छोरी र आफ्नो उज्जवल भबिष्यको लागि गरेको कठोर भन्दा कठोर निर्भिक निणर्यहरु मेरो जिन्दगीको सत्य हुन्,जसमा मलाई न पश्चताप छ न कहिले हुनेछ । तर शायद मेरो संघर्ष अझै सकिएको रहेनछ । त्यसैले अहिले फेरि कानूनी झन्झटकाबीच गुज्रिनुपरिरहेको थियो । त्योे विधिसम्वत थियो या पुरुषवादी सोंचको ? कारण जेसुकै भए पनि म पुनः शिकार भएकी थिएँ ?
यसैबीच, अदालतको पहिलो बहसमा उच्च अदालत पाटनले जिल्ला प्रशासन कार्यालय काठमाडौलाई १५ दिन भित्र कारण देखाउ पत्र जारी गर्यो । तर पत्रको जवाफ नफर्काएपछि उच्च अदालतले मेरो पक्षमा फैसला ग¥यो । अर्थात संविधानमा तोके बमोजिम मेरी छोरीले उसको इच्छा अनुसार आमाको नामबाट आफ्नो नागरिकता बनाउन सक्ने फैसला गर्दै आदेशको पत्र जारी गर्यो । फैसला पछि पत्र तयार हुन केही दिन लाग्यो ।
अदालतको फैसलापछि मेरो मनोबल उच्च भएको थियो । नागरिकताको लागि फेरि नयाँ सिफारिस बनाउनुपर्ने रहेछ । तसर्थ पुनः दोस्रो पटक वडा कार्यलय पुगें । पहिले बिना अबरोध सिफारिस दिएकोले मनमा केही द्धिविधा थिएन । कागजपत्र हेर्दै वडाध्यक्षको उही प्रश्न दोहोरियो, “बुबाको नाम खोई?” मैलै सबै बेलिबिस्तार लगाए । “सम्बन्धबिच्छेद भएपनि बुबाको नाम बिना नागरिकताको सिफारिस दिन मिल्दैन” वडाध्यक्षको जवाफले मेरो विश्वास फेरि क्षणभरमै टुक्रियो । तर हिम्मत जुटाउँदै फेरि विनम्र भएर भनें, “सर २ महिना अगाडि त हजुरले नै सिफारिस दिनु भएको हो । आज किन मिल्दैन?” उहाँले कडा हुँदै प्रश्न गर्नुभयो, “बुबा बिना सन्तान जन्मिन्छ र?” । उहाँको यो प्रश्नको जवाफ दिने हिम्मत जुटाएँ र भनें, सर सबै प्रमाण छ त के भएको हो र ?दुई महिनाअघि तपाईले यस्तो कुनै प्रश्न गर्नुभएको थिएन तर आज किन मेरो छोरीको लागि यो सब कुरा ?” मेरो प्रश्नमा अनुनय जरुर थियो तर हात भने जोडिनँ। किनकि मैले कानूनभित्रै रहेको मेरो र छोरीको अधिकार मागेकोमा म प्रष्ट थिएँ। तर मेरो अनुनयको जवाफमा कड्कँदै उहाँले भन्नुभयो, “यो अमेरिका हो?” त्यहाँ अरु सेवाग्राही पनि टन्नै थिए । वडा अध्यक्ष ठूलो स्वरमा बोलेको सुनेर सबै मुखामुख गर्न थाले । “सर, मैलै अमेरिकाको कानून अनुसार होइन नेपालकै कानून अनुसार आफ्नो अधिकार मागेकी हुँ । अहिलेको संविधानले यो हक दिएको छ नि” । बस् यति जवाफ दिने हिम्मत जुटेको मात्र थियो वडा अध्यक्षले बुबाको नामबाट नागरिकताको सिफारिस दिनु, कानूनमा यस्तो लेख्या छ भनेर माथिबाट पत्र आएको छैन भन्दै कर्मचारीलाई समेत बोलाएर मेरो फारम किन दर्ता गरेको भन्दै हकार्न थाले । त्यसपछि भने आफूसँग उच्च अदालतको फैसला र आदेश पनि भएको र त्यो लिएर भोली आउने कुरा राख्दै छोरी लिएर निस्कनुको विकल्प मसँग रहेन । म वडाध्यक्षको कार्यकक्षबाट त निस्किंदै थिएं तर त्यहाँ उपस्थित जति एकअर्कामा मुखामुख गर्दै मुसुमुसु हाँसिरहेको प्रष्ट देखिरहेको थिएँ । एउटी आमाको लाचारीपनामा सबैले गिज्याएको महसुस भयो मलाई । मलाई अति नै हीनताबोध भयो, अझ आफूसँगै रहेकी छोरीको कलिलो मस्तिस्कमा कस्तो प्रभाव पर्यो होला ? भनेर छाती पोल्यो । दिनभरी आफूलाई सम्हालें तर मनै त हो, साँझ घर पुगेपछि भने एक घन्टा बाथरुममा बसेर खुब रोएँ ।
सत्यपथमा अफ्ठ्यारा बाटोहरु अनगिन्ती हुन्छन् तर केही सज्जन साथीहरुको साथले त्यस्तो समयमा जीवनमा फेरि आशा संचार हुन्छ । मेरा त्यस्ता केही साथीहरु छन् जोे खुशीमा मात्र होइन दु:खमा पनि निःस्वार्थ सहयोग गर्छन् । भोलिपल्ट उच्च अदालतको पत्र लिएर म तेस्रोपटक वडा कार्यलय पुगें । साथमा छोरी र एकजना साथी थिए । मेरो साथीलाई देख्नसाथ वडा अध्यक्षले “ओहो आज मिडिया कसरी यहाँ?” भन्दै हार्दिकताका साथ प्रस्तुत हुनुभयो । उहाँले मेरो साथीलाई चिन्नुहँुदो रहेछ । वडा अध्यक्ष उक्त दिन पूरै नरम देखिनुभयो । मैले उच्च अदालतको पत्र सहित अघिल्लोदिनका अरु कागजपत्र पनि पेश गरें । उहाँले मसँग कुुनै सवालजवाफ गर्नुभएन बरु नम्र अनि शिष्ट शैलीमा तपाईको कारण अब मलाई पनि सजिलो भयो । बाबुको नाम खुलेको र सम्बन्धविच्छेद भएको प्रमाण पुगेको अवस्थामा आमाको नाममा नागरिकता दिन कुनै समस्या नहुनेरहेछ, म अरुलाई पनि खबर गर्छु भन्दै तुरुन्त सिफारिसपत्रमा सही गरीदिनुभयो । त्यसपछि अबको अन्तिम लक्ष्य अर्थात काठमाडौं जिल्ला प्रशासन कार्यालयतर्फ लाग्यौं ।
के आखिर पहुँचको रवाफबिना केही नहुने नै हो त मेरो देशमा ? संचारक्षेत्रमा काम गरिरहेको र अलिक बुझेको भन्ने ठान्ने मलाई त यति समस्या पर्यो भने आम नागरिक र ती आमाहरु जसकोलागि कालो अक्षर भैंसी बराबर छन्, तिनीहरुले कति अपमानित हुनुपरेको होला ?
उच्च अदालतको पत्र लिएर हामी सिधै सिडियो साबको कार्यकक्षमा पुग्यांै । उहाँ बाहिर जानुभएको रहेछ । त्यसैले सहायक सिडियोकक्षमा जानु भन्ने निर्देशनको आधारमा पुग्यांै उहि पहिलेकै १०३ नंम्बर कोठामा । सहायक सिडियोले पत्र हेर्नुभयो । उहाँले “फैसलाको पूर्णपाठ लिएर आउनुस्” भनेर कागजपत्र हामीतर्फ फ्यात्त हुत्याईदिनुभयो । हरे फेरि अर्को आपद ! हामीसँग फैसला र आदेशको पत्र मात्र थियो । फैसलाको पूर्णपाठ आउन सामन्यतया ४,५ महिना लाग्छ,अहिले त यो पत्रनै बलियो आधार हो भनेर वकिल साबले भन्नुभयो तर सहायक सिडियो साबले केही सुन्नु भएन । फैसला र आदेशको पत्र काटिसकेपछि पनि पूर्णपाठ खोज्नु नागरिकलाई अनावश्यक दुख दिन खोज्नु हो । एकपटक सिडियोलाई नैं भेटांै भनेर वकिल साबले भन्नु भएपछि हामी फेरि सिडियोको कक्ष अगाडि कुरेर बसिरह्यौ । करिब एक घन्टा पछि सहायक सिडियो हातमा पत्र लिएर बाहिर निस्कनुभयो र हामीलाई आफूसँगै आउन भन्नुभयो । अचम्म ! उहाँले केही समयअघि हुत्याउनु भएको त्यही कागजपत्रमा सही गरिदिनुभयो । यतिबेला भने उहाँले पूर्णपाठको कुरा विर्सिनुभयो वा नियमसंगत प्रक्रियामा पनि अनावश्यक अड्को थाप्न खोजेकोबारे भित्र सिडियो साबको ध्यानाकर्षण भैसकेकोले हो,केही प्रश्नबिना उहाँले सही गरिदिनुभयो । त्यसपछि अन्य प्रकृया पनि पूरा गर्यौं र अन्ततः मेरी छोरीले आमाको नाममा नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्न सफल भइन् । एक त मेरो ठूलो सपना पूरा भएको थियो अर्कोतर्फ लामो संघर्षपछि मेरै जीत भएको थियो । खुशीले मेरा आँखा भरिए । छोरीलाई हेरें । उ मुसुक्क हाँसिन् । मेरो त सम्पूर्ण दुःखै हरे जस्तो भयो । घना कालो बादल फाटेर सूर्यको उज्यालो प्रकाश फैलिए जस्तो भो ।
एउटी आमाले सन्तानलाई जन्माएदेखि बालिग बनाउँदासम्म गर्ने त्याग र तपस्याको कुनै मूल्य छैन ? सन्तानकालागि बुबाको नाम नै सबथोक हो ? होइन भने किन आमाको नाम के हो भनेर सोधिदैन ? राज्यबाटै बुबा बिना हरकर्म रोकिन्छन् जस्तो किन ब्यबहार गरिन्छ ? म आफूलाई शिक्षित मान्छु, बोल्न सक्छु । गणतान्त्रिक मुलुकको केन्द्रीय राजधानीमा बस्छु । मैले समेत यति प्रतडना सहनुपर्यो भने जसको कोही छैन, जो बोल्न सक्दैनन्, जसले कानुनी व्यवस्थाबारे केही जानेका छैनन् होला, उनीहरुको अवस्था कति दयनीय होला?
यस्तो अवस्थामा मेरो अनुभव म जस्तै धेरै आमाहरुको लागिमात्र होइन कानून बुझ्न र हक खोज्न अरुकालागि एउटा बलियो नजीर बन्न सक्छ । मेरो हकमा हरेक संघर्षको निम्ति थप आत्मबल मिलेको छ । यसबाट मैले सत्यपथ कठिन छ तर लक्ष्य अवश्य सुखद् भन्ने पाठ पनि सिकेको छु ।
- Source : Janatasamachar.com