KP Oli's Speech राराबाट प्रधानमन्त्री ओलीको पहिलो सम्बोधन, १८ पन्ना, ३१ बुँदा (पूर्णपाठ सहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ बैशख १ गते रारा–कर्णाली पर्यटन वर्ष–२०७५’ को उद्घाटन समारोहमा रारा तालबाट देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा मुलुकले नयाँ गति लिएको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ लम्किनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले समृद्धिको युग सुरु भएको भन्दै अब के नेपाल बन्छ, के नेपाली समृद्ध बन्छन्, भनेर प्रश्न गर्ने दिन गएको पनि ठोकुवा गरे ।
जनताको ठुलो विश्वाससहितको जनप्रतिनिधिका रुपमा आफू उभिएकाले कुनै बहाना नगरी देश विकासतर्फ अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले गौतम बुद्धलाई सम्झिँदै देश तथा विदेशमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न पनि आह्वान समेत गरेका छन् ।
प्रधानमन्त्रीको सम्वोधनः १८ पन्ना, ३१ बुँदा (पूर्णपाठ)(प्रधानमन्त्रीको सम्वाेधनकाे भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् )
एउटा सानोतिनो पुस्तिकाजति नै लामो प्रधानमन्त्रीको भाषणको पूर्णपाठ यस्तो छ-