नागरिक पोष्ट News


नेपालमा सबै हिन्दूलाई पादरी बनाउने मिसन यस्तो ! प्रस्तावनामै हिन्दूलाई पादरी बनाउने उल्लेख

2.9K

 सबै हिन्दुलाई पादरी बनाउने उद्देश्यका साथ खुलेको संस्थाले समाजकल्याण परिषदमार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गराएर काम गरिरहेको खुलेको छ ।

यो संस्थाले आफ्नो मुख्य उद्देश्य नेपाल, भारत र भुटानका हिन्दू तथा बुद्धमार्गीहरुलाई इसाइकरण गर्नु भएको बताएको छ र देशैपिच्छे फरक फरक परियोजना चलाइरहेको छ ।

बालगृहको आवरणमा सबै हिन्दूलाई पादरी बनाउने मिसन !

तर, नयाँ पादरीलाई देशब्यापी रुपमा प्रशिक्षित गर्दै हिन्दू र वुद्धमार्गीलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाज कल्याण परिषद मार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गरेको पाइएको हो ।

मर्सी मिसन हिमालयजको दाता आईएनजीओ भिजन नेशनल्सको प्रस्तावानामै भनिएको छ-

Vision Nationals began to train and equip these new pastors all Hindu convertes to pastors the people in their care.

मर्सी मिसन हिमालयजले २००८ देखि बाइबल स्कूल र पादरी प्रशिक्षण लगायतका कार्यक्रम चलाइरहेको छ । उसले भिजन नेशनल नामको क्रिश्चियन गैरसरकारी संस्थाबाट आर्थिक सहयोगमा ल्याएर यो कार्यक्रम चलाउँदै आएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको मर्सी मिसनले समाज कल्याणबाट स्वीकृति लिएर पछिल्लो दुई आर्थिक वर्षमा एक करोड बढीका परियोजना ल्याएको छ ।

भिजन नेशनलको प्रस्तावनामै सबै हिन्दूलाई पादरी बनाउने उल्लेख छ । तर, नेपालमा परियोजना सम्झौता गर्दा भने बाल गृह र एकल महिला गृह निर्माणको नाममा स्वीकृति लिइएको छ ।

संविधानले धर्म परिर्वतन गराउनु वा अर्काको धर्ममा खलल पर्ने काम गर्नुलाई दण्डनीय भनेको छ ।

सबै हिन्दूलाई क्रिश्चियन बनाउने घोषित उद्देश्य बोकेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई समाजकल्याण परिषद मार्फत करोडौं रुपैयाको परियोजना स्वीकृत गरिएकोमा महालेखा परीक्षकले प्रश्न उठाएको छ । राष्ट्रपति समक्ष बुझाउन तयार पारिएको महालेखाको प्रतिवेदनमा यस्ता संस्थाको परियोजना सम्झौता स्वीकृत गर्ने विषय बिचारणीय देखिएको उल्लेख छ ।

व्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्न परिमार्जित परियोजना स्वीकृत गरे पनि मूल उद्देश्य धर्म परिवर्तन रहेको संस्थाबाट सहयोग लिई धर्म विशेषलाई केन्द्रित गरी खर्च गर्नु संविधान अनुकुल नदेखिएको महालेखाले बताएको छ ।

- साभार : अनलाइनखबर

Must View