नागरिक पोष्ट News


ईन्काउन्टर King सर्वेन्द्र खनाल मुसादेखि किन डराउँछन् ?

14K

योजना : 

खनालले बाचा गरेका छन्ः सेवा सुविधा मानसम्मान र अर्को फोटो थप्नका लागि मात्रै म आइजी बन्ने होइन। प्रहरीको काम फेयर गराउने, कसैको पक्ष विपक्षमा नलाग्ने, कार्वाही प्रक्रिया न्यायोचित गराउने।  प्रहरी कर्मचारीलाई पुरै स्वतन्त्र छाड्न पनि हुँदैन, सुपरभिजन र मोनिटरिङ पनि गर्ने। सेवाप्रति जिम्मेवार बनाउने र उनीहरुको मनोबल उकास्ने।

तनहुँमा जन्मिए पनि खनालले स्नातकोत्तर सम्मको अध्ययन काठमाडौंमै पुरा गरे।  खनालको परिवार पछि काठमाडौंमै फर्किएको थियो। उनी पकनाजोलमा हुर्किए। लैनचौरको शान्ति विद्यागृहबाट एसएलसी गरे, अमृत साइन्स क्याम्पसमा फिजिक्स लिएर आइ.एस.सी गरे। खासमा ईन्जिनियर बन्न चाहन्थे उनी। त्यतिबेला स्कलरशिप– प्लानको व्यवस्था थियो। उनको सोर्सफोर्स पुगेन। साईन्स छाडेर स्नातकमा कमर्श पढे अनि स्नातकोत्तर चाहिँ जनप्रशासनमा गरे।

ईन्काउन्टर किङ्ग 

गुण्डा तह लगाउने दृढ संकल्प सहित हो खनाल प्रहरी सेवामा छिरेका। सानैदेखि अन्याय सहन नक्सने बिद्रोही स्वभाव थियो, उनको। कसैले अलिक निर्धोलाई हेपेको देखेमा जाई लागिहाल्ने। युवती जिस्क्याउनेसँग पनि भिडिहाल्ने। लैनचौरमा २ जना असई थिए। सेतो बाइक चढेर हिँड्थे। फुर्तीफार्ती गर्थे। उनीहरुको फूर्तीदेखिपछि पुलिस भएमा गुण्डा तह लगाउन पाइन्छ भन्ने लाग्यो। 

नुषामा, जनकपुरको रेल’वे स्टेशनको ढापदेखि विभिन्न ६ ठाउँमा गुण्डा इन्काउन्टर गरे। कपिलबस्तुमा हतियारधारी मिर्जादिलबेग साहलाई उचालेर पछारे। सीडीओलाई गोली हान्ने भोलाई पासवानको ठेगान लगाए। रौतहटमा ५ जना गुण्डा ढाले। तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा गुण्डानाइके सुनिल जैसवाल अनि काठमाडौंमा कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर गरे। 

मुसासँग भनेपछि सात्तो जान्छ 

जोखिम मोल्न खनाललाई मज्जा आउँछ। यो उनको भनाई हो। किन ? देशका लागि जनताका लागि। यो उनको जवाफ। डर लाग्दैन त ? लाग्दैन, लाग्दै लाग्दैन। डर भन्या मलाई अहिलेसम्म आएन। ढुक्कैसँग भने। त्यसो भए केसँग चाहिँ डर लाग्छ त ? उनले भने मुसासँग चाहिँ लाग्छ। शंका लाग्यो, सायद जिस्किए कि १ साँच्चै हो ? दोहाेर्याएर सोधियो। उनले साँच्चै हो, भने। 

प्रसंग रहेछ यस्तो : एक त घिन पनि लाग्छ रे। अर्को, पकनाजोलस्थित उनको पुरानो घरमा मुसा छिरेछ। घरमा दाजुभाई रहेछन्। दाईले अब मुसा मार्नुपर्छ भनेर ढोका थुने। मुसा पर्खाल चढ्यो तर बाहिर निस्कने ठाउँ थिएन। अक्करमा पर्‍यो। मर्ता क्या नहिँ कर्ता, मुसा आक्रोसित भयो। रौं ठाडा ठाडा पारेर दाजुभाईमाथि नै अट्याक गर्न थाल्यो। सीधै फ्लाइङ गरेरै आक्रमणमा उत्रियो। उनीहरुलाई मुसाले यस्तो अवतार देखाउँछ भन्ने थाहै थिएन। स्वरुप पनि देख्दै भयंकरको। के को मुसा मार्नु। दुबै भाईको भागाभाग। त्यसपछि उनले मुसाको इन्काउन्टर गर्ने हिम्मत कहिले पनि गरेनन्। उनले भने– अहिले पनि कहिँ मुसा आइहाल्यो भने डर लाग्छ, अरुसँग डर लाग्दैन। मुसा बाहेक अरुसँग नडराउने खनालले, सिनियर अफिसरको गलत आदेश नमान्दा कैयौं पटक घण्टेदेखि सरुवाको कार्वाही भोगेका छन्। 

Source : Hamrakura.com

Must View