नागरिक पोष्ट News


IGP Sarbendra Khanal नेपाल प्रहरीको २६ औं महानिरीक्षक, को हुन खनाल ?

13.4K

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।

को हुन् सर्वेन्द्र खनाल ?

सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् । ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए । त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।

सर्वेन्द्र खनालका चर्चित यी काम जसले उनलाई सफलताको चुचुरोमा पु-यायो

देशको प्रतिनिधित्व गर्दै विदेशमा राष्ट्रिय झण्डा बोकेर खेल्नेहरुले राष्ट्रघात गरेको भन्दै खनालले राष्ट्रिय टिमका कप्तान सागर थापा, विकास क्षेत्री सन्दिप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई कारवाहीको दायरामा ल्याएका थिए । स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको थियो ।

नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो । तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर, पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको थिए ।

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।

Must View