Rajendra Khadki खलनायक राजेन्द्र खड्गी ५ लाख धरौटी तिरेर यसरी जेलबाट छुटे
द्वन्द्व निर्देशक राजेन्द्र खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका छन् । १८ फागुनमा उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो । तर, खड्गी मुलुकी एेन, अदालती बन्दोबस्तको महल १७ अनुसार उच्च अदालत, पाटन गएका थिए ।
खलनायक राजेन्द्र खड्गीलाई मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्नका लागि दिएको आदेश उच्च अदालत, पाटनले बदर गरेको छ । न्यायधिशद्वय विनोदमोहन आचार्य र अनन्तराज डुम्रेको इजलासले जिल्ला अदालत, काठमाडौंको अन्तरिम इजलासलाई बदर गरेको हो ।यो सँगै खड्गी ५ लाख रुपैयाँ धरौटी तिरेर केन्द्रीय कारागार, सुन्धाराबाट छुटेका हुन् ।
सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । फर्किने बेलामा भने दुई जना मात्र नेपाल आएका थिए ।
राजेन्द्र खड्गीलाई मानव बेचविखनको आरोपकलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्याएको आरोप द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई लगेको थियो । सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।
त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीअार्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए ।
कोरियामा आयोजित कार्यक्रमका लागि खड्गीले भिसा लिएका थिए । उनले प्राविधिकको टोलीका नाममा अरु ११ जना लगेका थिए ।
‘कसैलाई टक्निसियन, कसैलाई लाइट म्यान र कसैलाई श्रृङ्गारमा काम गर्ने भनिएको छ’, सीआईबी स्रोत भन्छ ।
तर, खड्गीले सुटिङका क्रममा विभिन्न ठाउँमा भेटिएका व्यक्तिहरुबाट मोटो रकम लिएर कोरिया लगेको पाइएको छ । कतिपय भने आफैं खड्गीको सम्पर्कमा पुगेका रहेछन् ।
स्रोतका अनुसार खड्गीले प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर कोरिया लगेका थिए ।