नागरिक पोष्ट News


Rajiv Sitaula नुवाकोटका राजिव सिटौला अमेरिकी सेनाको बिमान उडाउँदै

6.7K

सफल नेपालीहरु मध्येका एक हुन नुवाकोटका राजिब सिटौला । ३० बर्षको उमेरमै राजिवले अमेरिकी सेनामा प्राप्त गरेको सफलता धेरै युवाहरुका लागि मार्गदर्शक समेत वन्न सक्छ । ७ वर्ष अगाडि अमेरिकी सेनामा कार्यरत राजिव अमेरिकी सेनाको ‘वारेण्ट अफिसर वान’ पदमा हालैमात्र पदोनन्ती भएका छन् ।

अमेरिकी सेनामा पहिलो नेपाली वायुयान चालकका रुपमा रहेका राजिव अमेरिकी सेनामै रहेर पाईलट कोर्स सम्पन्न गरी अमेरिकी आकाश र अमेरिकी सेना रहेका बिदेश स्थित क्याम्पहरुमा बिमान उडाउँदै एक कुशल विमान चालकको छवी समेत बनाईरहेका छन् ।

नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं. ६ को भद्रुटारमा पिता रामराज सिटौला र माता निर्मला सिटौलाको पहिलो सन्तानको रुपमा जन्मिएका राजिवको प्रवेशिका सम्मको शिक्षा स्वयम्भुको आनन्दकुटी बिद्यापीठ र उच्च माध्यमिक शिक्षा लाजिम्पाटको जेभीयर ऐकेडेमीबाट पुरा भएको थियो ।

त्यसपछि २०६४ सालमा अमेरिका पुगेका राजिव मिनिसोटाको सेन्क्लाउड युनिभर्सिर्टीबाट मेकानिकल ईन्जिनियरिङको अध्ययन समाप्त गरेपछि अमेरिकन सेनामा प्रवेश गरेका थिए । सानै उमेरदेखि पढाईमा अव्वल सावित हुँदै आएका राजिवको सफलताले नेपालमा रहेका उनका मातापिता अत्यन्त हर्षित बनेका छन् ।

काठमाडौंको गोंगबुमा रहेर सामाजिक कामहरुमा समेत सक्रिय राजिबका पिता रामराज भन्छन् – ‘राजिबको सफलताले नेपालको समेत प्रतिनिधित्व गर्नु हाम्रो लागि अत्यन्त गर्वको बिषय हो र उसमा रहेको दृढ आत्मबिश्वासले अझै धेरै सफलता प्राप्त गर्नेमा हामी बिश्वस्त छौं ।’

नुवाकोट टाईम्स डटकम बाट साभार 

Must View