नागरिक पोष्ट News


IGP आईजीपी को ? दाबेदार डिआइजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की

9.5K
नेपाल प्रहरीको २६ औं आईजीपीमा डीआईजीमध्येबाट नै एकजना नियुक्ति हुँदैछन् । सामान्यतयाः वरियताक्रममा एक नम्बरमा रहेका डीआईजी नै आईजीपी हुने प्रावधान छ ।आईजीपीका लागि अहिले तीन डिआईजीको नाम चर्चामा छ । डीआईजीत्रय सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीमध्येबाट नेपाल प्रहरीले नयाँ नेतृत्व पाउने निश्चित छ । खनाल, खरेल र कार्की तीनैजना २०४६ का व्याजी हुन् । आईजी दाबेदार खनालको उच्च छवि - संगठभित्र र बाहिर जनतामाझ 

डीआईजी सर्वेन्द्र खनाल आइजीका प्रवल दाबेदार हुन् । काठमाडौंमा गुण्डा नाइके कुमार घैंटे इन्काउन्टर काण्डका नेतृत्वकर्ता खनाल यतिबेला ट्राफिक महाशाखा प्रमुख छन् । वर्तमान आईजी प्रकाश अर्यालपनि पहिले महाशाखा  प्रमुख नै थिए ।  

हनुमानढोका इन्चार्ज हुँदा बढी चर्चामा आएका खनालले महाशाखा आएपछि ठमेल र पशुपति क्षेत्रलाई सवारी मुक्त बनाए । टिप्पर व्यवसायीको पनि उनी सातो लिन्थे । राजधानीवासीले धेरै अपेक्षा गरेका थिए खनालको नेतृत्वमा ट्राफिक व्यवस्थानको पक्षमा । तर, उनी आफैं पिडित छन् । रामशाहपथबाट करीब ६ किलोमिटर पर बसुन्धरा क्षेत्रमा बस्ने खनाल आफैं घर आउँदा जाँदा जाममा फस्छन् बेला बेलामा । 

क्रस चेक नगरी विश्वास नगर्ने :  प्रहरीले सेवा प्रवेशको बेला धर्म भाकेर कसम(सपथ) खान्छन् । तर कसमप्रति सबै इमान्दार हुँदैनन् । कतिको त काम एउटा र धन्धा अर्कै पनि हुन्छ । खनाललाई शंका लाग्यो भने, शंका लागेकाको क्रस चेक गर्न सिभिल ड्रेसमा प्रहरी खटाइ दिन्थे र कतिपय अबस्थामा युनिफर्मका प्रहरीलाई पैसा लिनका लागि उक्साउने तरीका समेत सिकाइदिन्थे । जब ड्युटीका प्रहरीले सिभिल ठानेर खल्ती भर्थे, त्यसपछि खेल खतम । सीधै कार्वाहीमा जाकिहाल्ने । 

एकदुई पटक सम्झाउँदा र थर्काउँदा पनि गल्ती गर्यो भनें चाहिँ सीधै विभागीय कार्वाही गर्ने हो। एसएसपी हुँदा मात्रै होइन, ट्राफिक महाशाखा पुगेपछि पनि डीआइजी खनालले दर्जनौंलाई विभागीय कार्वाही गरेका छन् । महाशाखा अाएपछि उनले धेरै सुधार गरेका छन् । 

आईजीपी दाबेदार' खरेल - गल्ती गर्नेलाई जिउँदै गाड्छु

डीआइजी खरेल आइजी बन्ने होडमा छन् । विशेष गरेर प्रहरी अधिकृतहरु तलका पोष्टमा रहँदा चर्चाकै लागि भने पनि ठूलै काम गर्छन् । तर जब माथिल्लो पोष्टमा पुग्छन त्यसपछि उनीहरु संगठनको लागि भन्दा पनि आफ्नो दुनो सोझ्याउन केन्द्र धाउने गरेको जनगुनासो र जुनियर तहका युवाहरुको गुनासो छ । 

ड्युटीमा रमेश खरेल एक रत्ति कम्प्र्रोमाइज नगर्ने । चाहे आफ्नो ड्युटी होस् वा आफु मातहत । आफु ड्युटीमा कटिबद्ध भएर नै उनले मातहतका कर्मचारीलाई काबुमा राख्न सक्थे । बीरगंजमा घुस खाने प्रहरीलाई कार्वाही गर्न उनी भेष बदलेर रिक्सा चलाएको र पोखरामा गुण्डागर्दी बिरुद्ध कार्वाही चलाएको किस्सा प्रहरी युवाहरुले बेला बेला सुन्ने गरेका पनि थिए । 

खरेलको कमाण्डिङ खुबी अजिबदेश र जनताको सेवा गर्न सक्छु भनेर आका छौ, सक्तैनौ भने राजीनामा दिएर जाऊ पनि भन्थे । तर गल्ति गर्याै भने जिउँदै गाड्छु, छाड्दिन भन्थे । 

भ्रष्टाचार विरोधी दिवस थियो । कार्यक्रममा खरेललाई पनि निम्ता दिइएको थियो । फुर्तीसाथ बोले हाम्रै संगठनका केही अधिकृतहरु भनसुनका लागि ब्रिफकेस बोकेर नेताहरुकोमा धाउँछन्, उनीहरुलाई प्रमोशन नगर्नुस् ।

त्यो बेला उनले भने — “एउटा कुरा मैले भन्दा यसले तरंग लिनसक्छ । तर, म भन्छु–नेपाल प्रहरीहरुको प्रोमोशनको बेला आएको छ । ७ महिनापछि बल्ल गाँठो फुक्यो । माननीय मन्त्रीज्यू, भ्रष्टाचारीलाई प्रोमोशन नदिनुस्। मलाई आशा छ । यति भनेपछि उहाँलाई पुग्छ होला । यति भनेपछि पुग्छ । अहिले डिआईजीहरु बढुवाका लागि सुटकेसहरु बोकेर पावर सेन्टरमा जाने, चाकडी गर्ने, मलाई प्रोमोशन गर्दे अथवा ठेकेदारहरुले पैसा उठाएर फलानोलाई प्रोमोशन गरिदिनुस् भनेर दौडधूप चलेको छ । हजुर कहाँ पनि खुब आयो होला । जो हजुर कहाँ भिजिट गर्छ, ती ‘अपरचुनिष्टहरु’ हुन् । पावर सेन्टरमा जाने प्रहरी कर्मचारी ‘अपरचुनिष्ट’ हुन् । यसले तपाईँलाई मात्रै होइन, हाम्रो नेपाल आमालाई खोक्रो बनाउँछ । कृपया यसमा ध्यान दिनुहोला । नेपाल प्रहरीमा भ्रष्टाचारलाई प्रोमोशन नदिएर इमान्दारलाई प्रोमोशन गरेर उदाहरण सेट गरिदिन अनुरोध गर्दछु।''

यो अभिव्यक्तिले ठूलो विवादमा पार्‍यो उनलाई । मुख्यालयले उनको बोली बन्द गराउन र सेलिब्रिटीको धङधङीबाट मुक्त हुन सचेत समेत गरायो । गृहमन्त्री बामदेव गौतम थिए । अन्तत उनी मुख्यालय हुँदै केन्द्रको जिम्मेवारीबाट भरतपुर तालिम केन्द्र पुग्न पर्रयो ।

चाकडी गर्नेलाई देख्नै सक्दिन आईजीका दाबेदार - डीआइजी पुष्कर कार्की 

डीआइजी पुष्कर कार्की भावी आइजीपीका प्रवल दावेदारमध्येका एक हुन् । २०४६ सालमा नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकालेका कार्की संगठनमा स्वच्छ छवी भएका अधिकृत मानिन्छन् । उनी सीधै भन्दै चाकडी मलाई फिटिक्क मन पर्दैन ।

 

गुण्डा नाइके चरी भनेर चिनिएका दिनेश अधिकारीको इन्काउन्टर, गौचनका हत्यारा पक्राउदेखि यौन शोषण गर्ने अवतारी लामा, सुन तस्कर र चिम्पान्जी व्यापारीसम्मलाई ठेगान  लगाउने सक्षम नेतृत्वशैलीको प्रोफाइल कार्कीको छ । 

प्रहरीको मान्यतानै छः आफुभन्दा सिनियर अगाडी परेपछि तिनिक्क तन्किएर सलाम ठोक्ने, बसेको ठाउँबाट उठिदिने । उनी आफ्नै आफुभन्दा सिनियसलाई यसैगरी सलाम ठोक्छन् पनि ।

तर उनी काम गरेर बसिरहेका कर्मचारी उठेर औपचारिक सम्मान गरेको खास रुचाउँदैन थिए । 

आफु मातहतका कर्मचारीलाई मायाँ गर्ने मात्रै होइन भनेको काम बिगार्ने, दायाँ बायाँ गर्ने र संगठनको छवि बिगारेको सुइँको पाए भने चाहिँ पुष्कर कार्कीको रौद्र रुप देखिन्थ्यो । कोठामा बोलाएर भकुरम्ला झैं गर्थे । तर अन्तमा मीठो पाराले सम्झाउँथे यस्तो गर्नु हुँदैन भनेर । बाहिर असिन पसिन भएर निस्कँदा पनि केटाहरु मूड रामै्र बनाएका देखिन्थे । तर एउटा बानी भने अजिब छ कार्कीको । 

News Source : Hamrakura.com

Must View