नागरिक पोष्ट News


Salman Khan भर्खरै, धरौटीमा जेलबाट यसरी छुटे, अनुमतिविना देशबाहिर जान भने नपाउने

4.6K

कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ ।

सलमानका वकिलले गरेको जामनत अनुरोधबारे शनिबार फैसला गर्दै माथिल्लो अदालतले सलमानलाई जमानतमा रिहा गर्न भनेको हो । माथिल्लो अदालतका न्यायाधीश रवीन्द्र कुमार जोशीले शनिबार दिउँसो फैसला सुनाउँदै सलमानका वकिलको जमानत अनुरोध स्वीकार गरे । उनले घटनाको विस्तृत अध्ययन गरेर फैसला सुरक्षित राखेका बताइएको छ ।

योसँगै सलमान ५० हजार घरौटीमा रिहा भएका छन् । अदातले ७ मे भन्दा पहिले उनलाई अदालतमा उपस्थित हुन समेत भनेको छ ।

तर, सलमानले अदालतको अनुमतिविना देशबाहिर जान नपाउने भएका छन् । अदालतको आदेशपछि सलमानका वकिल र उनका प्रशंसकहरुले न्याय मिलेको बताए पनि विस्रोई समाज भने अदालतको फैसलाबाट दुःखी बनेको छ । त्यो समाजले फेरि आफू हाइ कोर्ट जाने समेत प्रतिक्रिया दिएको छ ।

Must View