नागरिक पोष्ट News


DIG Sarbendra Khanal आइजीपीको दौडमा अब्बल, यस्तो छ खनालको सांगठनिक छवि र सोसल प्रोफाइल

15K

अबको प्रहरी महानिरीक्षक को ?  यो आम सवाल हो । सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की ।  ३  नै जनाको नाम यतिबेला चर्चाको शिखरमा छ ।अड्कल आ–आफ्नै र आफु अनुकुल छन् । एसएसपी बढुवाको प्राप्तांकमा डीआईजी खनालले सबैलाई उछिनेका छन् । तर यो बेला बजारमा अर्को हल्ला छः बढुवापछिको पछिल्लो ८ महिनाको मूल्यांकन हुँदैछ । यसले यी तीनैजना डीआईजीको ढुकढुकी हल्का बढाएको छ । मुखले बोल्दैनन् । तर बडी ल्यांग्वेजले देखाउँछ । स्वभाविक छः अन्तिम गन्तव्य मात्र एक पाइला बाँकी छ ।

अाईजीपीकाे दौडमा सर्वेन्द्र खनाल - फोटो टाँस्ने र मानसम्मान भन्दा काम देखाउन चाहन्छन्’

नेतृत्वका लागि तोकिएका क्राइटेरियामा खनाल अब्बल दरिएरै यो पोजिसनमा पुगेका छन् । अहिले उनले आफुलाई बेटर पोजिशनमै देखेका छन् । दायाँबायाँ सोचेका छैनन् । आफैं बेष्ट क्याण्डिडेड हुँ त खनाल आफैंले पनि भन्न पर्दैन, उनले काम गरेर देखाइसकेका छन् ।

हत्तपत्त बोल्दैनन् डीआइजी खनाल । यो उनको पहिलेदेखिकै क्यारेक्टर हो । काम गर्ने हल्लाखल्ला नगर्ने बानी छ, उनको । गुण्डा तह लगाउने ध्याउन्नमा नेपाल प्रहरीमा छिरेका सर्वेन्द्र खनालले काठमाडौंमा कुमार श्रेष्ठ घैंटे कुमार इन्काउन्टर गरेको मात्रै चर्चा बढी भयो । तर, उनले तराईमा गरेका केही कारबाही यस्ता छन्, जसले तराईका कयौं भूमिगत सशस्त्र समूह पाताल भासिए ।

डीआईजी सर्वेन्द्र खनाल : भावी प्रहरी महानिरीक्षकको नेतृत्व सम्हाल्न सक्ने कुशल प्रहरी अधिकृत

संगठनभित्रकै प्रेसर गाह्रो उनलाई बाहिरको प्र्रेसर केहीजस्तो लाग्थेन । जब संगठनभित्रकै हाकिमले प्रेसर दिन थाल्थे त्यो बढी भारी हुन्थ्यो । शुरुदेखि कै बानी हो उनको मनमा कसैले अन्याय गरेको जस्तो लाग्यो भने कसैले भनेको नटेर्ने । संगठनमा पनि यस्तै हो । गल्ती गरेको थाहा छ । तर, माथिबाट दाबाब दिने । उनलाई सहनै गाह्रो हुने ।

अनावश्यक प्रेसर नमानिदिँदा नटेरीदिँदा उनी दर्जनौपल्ल्ट घण्टे र सरुवा कार्वाहीमा परेका छन् । उनलाई याद भएसम्म ३ पल्ट त राजीनामा दिन तयार भए । यस्तै प्रेसर दिने हो भने तयार छु भनेर धेरे पटक भनेका छन् सिनियर अफिसरहरुलाई ।

खनालले नेतृत्वमा गरेका केही कार्वाही :

  • सीडीओलाई गोली हान्ने भोलाइ पासवानलाई ४ वर्षसम्म कसैले समात्न सकेन । तह लगाए ।
  • रौतहटमा ५ जना गुण्डा ढाले । ४ जना अपहरणकारी ठेगान लगाए । बालविवाह रोक्ने अभियान चलाए । सरसफाई अभियानको नेतृत्व लिए ।
  • केही इन्काउनटर ः तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाल, काठमाडौंमा कुमार श्रेष्ठ घैंटे ।
  • जनकपुर र नारायणीमा खटिँदा सय भन्दा बढी सशस्त्र भूमिगत समूह थिए । उनको कार्यकालसम्मा ४ वटामा सिमित भए ।
  • फुटबल म्याच फिक्सिङको पर्दाफास ।
  • लागु औषध र अपहरण काण्डका अभियुक्त रावणजीत तामाङलाई गोली हानेर पक्राउ ।
  • पेट्रोल पम्पहरुको ठगीधन्दा नियन्त्रण ।
  • ४ दर्जन ठग कन्सल्टेन्सीमा छापा । २ सयबढी कन्सलटेन्सी बन्द ।
  • हुण्डी कारोबारीमाथि कारबाही । Image result for sarbendra khanal

ट्राफिक महाशाखाको नेतृत्व लिएपछिका केही काम :

  • पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध ।
  • दशैंमा बाहिरबाट गाडी झिकाएर यात्रु ओसार्न यातायात व्यवसायी बाध्य ।
  • यातायात क्षेत्रको सिण्डिकेट तोडाउन सक्रिय भूमिका ।
  • सडकका खाल्डाखुल्टी पुर्ने अभियान ।
  • चक्रपथ सुधार र सरसफाइ अभियान ।
  • राजधानीका १० स्टानमा लाइन बसेर सवारी चढ्ने नियम ।
  • सार्वजनिक माइक्रो चालक सहचालकलाई पोशाक ।
  • ट्राफिक महाशाखामा बोरिङ पानीको व्यवस्था लगायत ।

गन्तव्य निकट छ, तर अलिक तनाव थपिएको छ : अहिले आएर सोच्छन्, सायद यतिबेला जागिर नत्याग्नु यतिबेला संगठनको नेतृत्व लिनका लागि थियो । लिडरशिप प्राप्तिका लागि सही समय अब आइपुग्यो भन्नेमा विश्वस्त देखिन्छन् ।

Source : Hamrakura.com

Must View