नागरिक पोष्ट News


सरु माताको भविष्यवाणी : वामगठबन्धन बीचैमा ब्रेक हुन्छ र राजसंस्था फर्किर्ने योग छ

4.2K

पूर्व राजा ज्ञानेन्द्र शाहलाई तीन पटकसम्म राजा हुने योग परेको भविष्यवाणी गरेपछि चर्चामा पुगेकी सविता सरु शर्मा आचार्यले पछिल्लो पटक वाम गठवन्धनमा संकट आइपर्ने भविष्यवाणी गरेकी छिन् । राजसंस्था फर्किएपछि मात्रै नेपाल सम्मृद्धिको मार्गमा जाने उनको भविष्यवाणी छ ।

Source :  वाम गठबन्धनमा यसरी आउछ ठुलो संकट : माता

 झण्डै तीस लाख नेपालीको भविष्यवाणी गरिसकेकी माता सविता सरु शर्मा आचार्यले अलौकिक शक्तिकै माध्यमबाट देशमा हुने अप्रिय घटनाको समेत भविष्यवाणी गर्दै सचेत रहन सबैलाई आग्रह गर्दै आएकी छिन् ।

राजसंस्था फर्कन्छ भन्दै भविष्यवाणी

 राजा नआई देश बन्दैन भनेकी थिएँ । त्यसो भनिरहँदा मैले धेरै आरोप र अवरोध खेप्नु प¥यो । तर, वास्तविकता यही हो ।

अहिले पनि यही भन्छु राजा नआइकन देश बन्दैन । राजाको नाति हृदयन्द्र राजा बन्ने नै देखेकी छु । ज्ञानेन्द्र सरकार थोरै भए पनि फेरि राजा बन्नु हुन्छ । उहाँको त्यस्तै योग छ । कुनै न कुनै योजना बनाएर उहाँ राजसंस्थामा पुग्नु हुन्छ । उहाँले नै राजसंस्था फर्काउनु हुन्छ ।

वामगठबन्धनको भविष्य : वामगठबन्धन बीचैमा ब्रेक

वामगठबन्धन बीचैमा ब्रेक हुन्छ । वाम गठबन्धनमा संकट आएपर्ने अवस्था छ । म राजनीतिज्ञ त होइन । तर, पनि देखेको कुरा भन्छु । वाम गठबन्धन धेरै समय टिक्दैन । देश संघीयतामा गएको छ । तर, मुलुकले संघीयता धान्दैन । एक विगाह जग्गा १० जनालाई बाढ्नु र एक कठ्ठा जग्गा १० जनालाई बढ्दा के हुन्छ तपाई आफैं भन्न सक्नुहुन्छ कति कमाउने कति खाने भनेर ।  स्वार्थको राजनीतिले मुलुक बन्दैन मात्र भन्न खोजेकी हुँ । एमालेसँग माओवादी मिल्नु र बाम गठबन्धन हुनु भनेको जस्को शक्ति उसैको भक्ति भने झैं मात्र हो । अहिले वाम गठबन्धन शक्तिमा छ । तर, यो शक्ति समय टिक्दैन । यसको शक्ति बिस्तारै क्षीण हुँदै जान्छ । स–साना शक्ति एक हुन्छन् । बिस्तारै दलहरुबीचमा मनमुटाव शुरु हुुन्छ । हेर्दै जानु वाम गठबन्धनमा संकट आइपरेकाले मैले यो सब भनेकी हुँ ।

Must View