तिन शेर्पा महिला Women's confidence अभियन मार्फत सगरमाथा अरोहणका लागि लुक्ला प्रस्थान
सम्माननीय राष्ट्रपति विद्यादेबी भण्डारीज्यूबाट यस वर्षको बसन्त ऋतुमा women's confidence अभियन ” मार्फत सगरमाथा आरोहणमा जान लागेका सोलुखुम्बू जिल्ला खुम्बू पासाङ्ग ल्हामु गाउँपालिकाका हामी तीन जना महिला आरोहीहरु क्रमशः श्री ल्हाक्पा याङ्जी शेर्पा, श्री पासाङ्ग ल्हामु शेर्पा र श्री याङ्डी शेर्पालाई राष्ट्रिय विभूति पासाङ्ग ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेको “२५ औं वर्ष अर्थात पासाङ्ग प्रतिष्ठा रजत दिवस” को उपलक्ष्यमा पासाङ्ग ल्हामु पर्वतारोहण प्रतिष्ठानको सहजिकरणमा नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय विभूति पासाङ्ग ल्हामु शेर्पा र जननेता मदनकुमार भण्डारीको प्रतिमा तथा प्रतिष्ठानको चिन्ह आज मिति २०७४ साल चैत्र २२ गते बिहीबारका दिन राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमको बीच हस्तान्तरण गर्नुभयो । अब आउने सोमबार हामी महिला आरोही टोलीहरू बिस्वोको सर्बोच शिखर सगरमाथा अरोहणका लागि लुक्ला तर्फ प्रास्थान हुनेछौ। हाम्रो यस नारलाई सफल बनाउनको लागि हामीलाई सहयोग गर्नु भएका सम्पूर्ण माहानुभाब हरुलाई हामी women everest expedition 2018 टोली को तर्फ बाट धेरै धेरै धन्यवाद दिन चहान्छु ।
Source: Women's Everest Expedition