नागरिक पोष्ट News


Real Strory - अदालतले अपराधी तोकेको युवाको मर्मस्पशी र अनि समाजका लागि प्रेरणादायी कथा

3K

प्रहरी अनुसन्धानको गलत नजीर र अदालतले अपराधी तोक्दा आत्महत्याको मुखसम्म पुर्याएको युवाको मर्मस्पशी र अनि समाजका लागि प्रेरणादायी अनलाइनखबर मा प्रकाशित स्टोरीको सारांशलाई यहाँ पस्कने प्रयास गरेका छौं ।

 

प्रहरीको ‘गल्ती’ले आत्महत्याको नजिक पुर्‍यायो !

नीतिनिर्माताको कमजोरीका कारण कसरी सर्वसाधारणले दुखः पाउँछन् भन्ने वास्तविकताको पुष्टि यस समाचारले गर्दछ । 

पहिलो घटना : एकजना ‘बेलायती सेनाको परिवारकी छोरी’ यमुना गुरुङ (नाम परिवर्तन) को हो ।

युमुनालाई प्रहरीले लागूऔषध कारोवारकी नाइकेका रूपमा पोखराबाट पक्राउ गरेको थियो ।  प्रहरीले यसलाई जति महत्वपूर्ण मुद्दा मानेको थियो, समय वित्दै जाँदा त्यो सामान्य बन्दै गयो ।

मुद्दा चल्दै जाँदा ती महिलाले लागु औषध दुर्व्यसनीसँग विवाह गरेकी र गर्भवती भएको पनि खुल्यो । त्यति मात्र होइन, प्रहरीले अनुमान गरेजस्तो उनलाई बचाउन न धनाढ्य भनिएका उनका परिवार नै आए, न त उनी कुनै लागु औषध कारोवारी नै देखिइन् । यद्यपि कानुनको फन्दामा परेकी गुरुङलाई अदालतले दुई वर्षको जेल सजायँ र एक लाख रुपैयाँ बराबर नगद जरिवानाको फैसला सुनायो । आफन्तविहीन उनलाई अदालतमा बुझाउने केही हजार रुपैयाँ धरौटी तिरिदिने मान्छे पनि कोही भएनन् ।

अदालतले तोकेको एक लाख रुपैयाँको साटो ४ वर्षसम्म उनी त्यही अपराधको सजायँ काटिरहेकी थिइन् । त्यहीँ बच्चा जन्माएर हुर्काइरहेकी गुरुङलाई जेलबाट निकाल्न लाग्ने खर्च र कानुनी प्रक्रिया पूरा गर्न एकजना २३ वर्षका कैदी तयार भए । जसले भर्खरै ठगी मुद्दामा जेल सजायँ भोगेका थिए ।

दोस्रो घटना  : अझै अनौठो छ ।

काठमाडौंको एउटा सुन पसलमा काम गर्ने युवककी श्रीमतीलाई सुत्केरी ब्यथाले च्याप्यो । ती युवा ट्याक्सी लिएर कोठामा पुगे । श्रीमतीलाई ट्याक्सीमा चढाएर थापाथली अस्पताल पुर्‍याए । गोजीमा पैसा नभएकाले उनी त्यही ट्याक्सी लिएर आफूले काम गर्ने सुन पसलमा आए । 

श्रीमतीको उपचारका लागि पैसा दिन आग्रह गर्न थाले । यहीबेला उनलाई प्रहरीले चोरीको केसमा पक्राउ गर्‍यो । त्यही दिन थापाथलीमा उनकी श्रीमतीले बच्चा जन्माइन् । श्रीमान् आउने आशमा एक सातासम्म उनले थापाथली अस्पतालमा कुरिन् । कोही नआएपछि त्यहीँकी नर्ससँग केही हजार ऋण लिएर उनी एम्बुलेन्समा घर फर्किर्न् ।

घर र्फकंदा थाहा भयो, उनका श्रीमानलाई आफ्नै मालिकले चोरीको अपराधमा जेल पठाइदिएका रहेछन् । भर्खरकी सुत्केरी ती महिला नवजात शिशु च्यापेर नख्खु कारागार धाउन थालिन् । 

केही हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा ती महिलाले ४ महिनादेखि आफ्नो श्रीमानलाई छुटाउन नसकेको थाहा पाएपछि एक युवा पैसा तिर्न राजी भए । ती युवा त्यही व्यक्ति थिए, जसले केही महिनाअघि मात्रै लागू औषधको अपराधमा ४ वर्षदेखि जेल सजायँ भोगिरहेकी जमुना गुरुङलाई जेलबाट बाहिर ल्याएका थिए ।

को हुन् विवेक उपाध्याय  ?

‘पसलबाट केही पैसा चोरेर जेलभित्रको व्यक्तिलाई निकालेंको एक युवकको रियल स्टोरीले मलाई बाँच्ने प्रेरणा जगायो’, विवेक भन्छन् । 

काठमाडौं महाराजगञ्जका विवेक उपाध्याय एक चर्चित रेष्टुराँ व्यवसायीका कान्छा छोरा हुन् । काठमाडौं र पोखरासम्म व्यावसायिक कारोवार भएका विवेक २१ वर्षको उमेरमा साढे ७ लाख ठगी गरेको आरोपमा दुई वर्षअघि पोखरामा पक्राउ परेका थिए । एकजनाले साढे ७ लाखको चेक बाउन्स गरेर ठगी मुद्दा हाले । जसका कारण उनी जेल परे । 

‘जेलबाट फर्केको भन्नेबित्तिकै सबै साथीभाइ मसँग तर्कन थाले । म एकाएक बिरानो भएँ । मेरो भन्नु केही रहेन, कोही रहेन’, एक दिन अचानक यस्तो जीवन बाँच्नु भन्दा मर्नु ठीक छ । उनले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे । तर दुवैपटक मलाई परिवारले बचाए ।

 

कानुनी झन्झट र जेलभित्रको वातावरणले उनलाई जेलको समस्या थाहा भयो ।‘थोरै पैसाका कारण धेरै कैदीबन्दीहरू सजायँ पूरा भए पनि वर्षौदेखि बाहिर निस्कन पाएका रहेनछन्,’ त्योबेलाको घटना सम्झँदै विवेक भन्छन्, ‘जेल परेको भन्दै आफन्तले हेयको दृष्टिले हेर्दा रहेछन् । कतिपय परिवारले आफ्नो मान्छे जेल परेकोसमेत थाहा नपाउँदा रहेछन् । यही कारण मैले जेलमै बसेर जेल सुधार अभियान सुरु गरेँ ।’

यसका लागि उनले ‘हिडेन लाइफ फाउन्डेसन’ नामक संस्था खोलेका छन् । यो संस्थाले दर्जनौं जेलहरूको भ्रमण गरेर ती जेलहरूमा शौचालय, पुस्तकालय र खेलकुद सामग्री वितरण गरिरहेको छ । त्यसबाहेक संस्थाले अहिलेसम्म ११५ जना कैदी-बन्दीलाई जेलबाट मुक्त गरिसकेको छ ।

Must View