नागरिक पोष्ट News


सलमानका फ्यानहरुलाई ठूलो झट्का ! सलमान खान ५ वर्ष जेल चलान, परिवारमा रुवाबासी !

7.6K

सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ । कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो । सलमानलाई तत्कालै हिरासतमा लिइएको छ । उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । 

२० वर्ष पुरानो कालो हरिण शिकारको मुद्दामा भारतको जोधपुरको चीफ ज्युडिसियल मजिस्ट्रेटको अदालतले सलमान खानलाई दोषि ठहर गरेको

हो  । न्यायाधिसले सलमानलाई ५ वर्षको जेल सजाय र १० हजार जरिवानाको सजाय सुनाएका छन् ।  हरिण शिकारका ३ मामलामा सलमान प्रहरी र न्यायिक हिरासतमा पहिले पनि १८ दिन जेल बसिसकेका छन् ।

बहिनीहरुको रुवावासी

अदालतमा लन्चका क्रममा सलमानका दुई बहिनीहरु अर्पिता र अलविरा बाहिर ग्यालरीमा फोनमा कुरा गरिरहेका थिए । सलमान भने कोर्टरुम भित्र कुर्सीमा एक्लै बसेका थिए ।

लन्चपछि न्यायधिस ड्यासमा आए । उनी आएपछि सलमान पर्खालमा अढेस लागेर उभिए । बहिनीहरु पनि आएर उनीसँगै बसे । न्यायधिसले सलमानलाई ५ वर्षको कैद सजाय सुनाए लगत्तै बहिनीहरु रुन थाले । त्यहीँ रहेका सलमानका बडिगार्ड शेरा पनि भावुक बने ।

के हो कालो हरिण प्रकरण ? यो घटना सन् १९९८ को सेप्टेम्बर-अक्टोबरको हो । त्यतिबेला यी सबै कलाकारहरु फिल्म ‘हम साथ साथ है’ को सुटिङका सिलसिलामा जोधपुरमा थिए ।

सलमानमाथि जोधपुरको घोडा फार्म हाउस र भवाद गाउँमा २७ र २८ सेप्टेम्बर १९९८ को रातमा हरिणको शिकार गरेको आरोप लाग्यो । यसैगरी कांकाणी गाउँमा १ अक्टोबरमा २ काला हरिणको शिकार गरेको आरोप लाग्यो ।

कांकाणी गाउँको शिकार मामलामा प्रत्यक्षदर्शीले अदालतमा बताएका थिए कि गोलीको आवाज सुनेर उनी त्यहाँ पुगेका थिए । शिकार सलमानले गरेका थिए । जीपमा उनीसँग सैफ अली खान, नीलम, सोनाली बेन्द्रे र तब्बु पनि थिए । उनीहरु सबै मिलेर सलमानलाई शिकारका लागि उक्साएको आरोप छ । तर, प्रत्यक्षदर्शीले उनीहरुलाई पहिचान गर्न नमानेपछि उनीहरुले उन्मुक्ति पाएका छन् ।

सलमानविरुद्ध कालो हरिण शिकारको मामलामा तीनवटा र हातहतियार ऐनमा एउटा मुद्दा थियो । त्यतिबेला सलमानको कोठाबाट उनको निजी पेस्तोल र राइफल बरामद गरिएको थियो, जसको लाइसेन्सको म्याद गुजि्रसकेको थियो ।

हरिण शिकारका ३ मामलामा सलमान प्रहरी र न्यायिक हिरासतमा पहिले पनि १८ दिन जेल बसिसकेका छन् ।

Must View