नागरिक पोष्ट News


What is a Drugs ? लागूपदार्थ घर - घरको समस्या बन्दै, जोखिममा युवा वर्ग

4K
गैससका प्रतिनिधि लक्षित लागूऔषध नियन्त्रण प्रशिक्षणमा चेतना तथा ज्ञानमुलक विशेष वर्कशपको माग

लागू औषध खाउ, नाई भनौ, खाउ न खाउ नाई मलाई थाहा छैन भन्ने अभियानमा सबै लागे लागूऔषध दुव्र्यसनीको कुलतलाई केही हदसम्म नियन्त्रण गर्न सकिने थियो ।

  • सबु बस्नेत /भरत उप्रेती

गैरसरकारी संस्थाका ६० भन्दा बढी प्रतिनिधिहरुको सहभागीतामा लाागू औषध नियन्त्रण विषयक एक दिने प्रशिक्षण सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण इकाई बिजुलीबजारको आयोजनामा सम्पन भएको सो प्रशिक्षणमा लागू औषधको नेपालको वर्तमान अवस्था, ऐन नियम, मनोविज्ञान बारेमा विज्ञहरुले चेतना र ज्ञानमुलक प्रस्तुतीकरण गर्नुभएको थियो ।

घर - घरको समस्या बन्दै लागूपदार्थ - डा. सगुन वल्लभ पन्त

गाँजा, चुरोट, अल्कोहल जाँड रक्सी सेवन नै नेपालको लागूऔषधको चुनौती बनिरहेकोले लागूऔषध नै मृत्युको कारण भएको डा. सगुन वल्लभ पन्तले बताए ।

 लागूपदार्थ प्राणघातक एड्सभन्दा पनि खतरनाक भएकोले यसबारेमा पहिले जनचेतना फैलाउनुपर्नेमा डा. सगुन वल्लभ पन्तले जोड दिए । संस्कृति र परम्पराले नै केही हुक्का र अल्कोहल जन्य पदार्थलाई मान्दै आएकोले सामाजिक संस्कारमै परिवर्तन ल्याउन सामाजिक अगुवाहरु लाग्नुपर्ने छ, डा. पन्तले भने । हरेक पाँच जना नेपालीमा एक जना नेपालीले सुर्तीजन्य चुरोट सेवन गर्नेर एक जनाले दैनिक छ वटा चुरोट खाने गरेको तथ्यांक रिपोर्ट प्रस्तुत गर्दै घर घरको समस्या लागूपदार्थ भएकोमा अभिभावकहरु सचेत रहनुपर्नेमा डा. वल्लभको सुझाव छ । 

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

हामीले हाम्रो सामाजिक मूल्य मान्यता बदल्नु जरुरी छ प्रहरी निरीक्षक पनेरु

लागूपदार्थ कारोबार र यसको प्रयोग विश्वभरि नै चुनौती बनिरहेको छ । यसबाट नेपाल अछुतो नरहेको लागू औषध नियन्त्रण ब्युरोको प्रहरी नीरिक्षक पनेरुले बताए । हामीले हाम्रो सामाजिक संकस्कार बदल्नेतर्फ ध्यान दिएका छैनौ खाली आफ्नो इज्जत प्रतिष्ठा र पैसालाइृ मात्र महत्व दिएका छौ । जसको कारण लागूपदार्थको समस्या घर घरबाटै निस्किएको छ, जसले परिवार, समाज र सिंगो देशलाई नै कलंकित बनाएको छ । लागूऔषध संगठित अपराध हो, प्रमाणको रुपमा नेपाल प्रहरीले भेटेको दस्तावेजलाई मुख्य अभियुक्त मानिदै आएकोले यसको जालो फोर्न ऐन कानून बमोजिम नेपाल प्रहरी लागि परेको छ । तर पूर्ण रुपमा सफल हुन सबै नागरिकको सूचनाको सहयोगको अपेक्षा रहेको छ । त्यसैले समाजमा जनचेतना अभियानको रुपमा लागूऔषध दुव्र्यसनी बिरुद्ध खुलेर लाग्नुपर्ने प्रहरी नीरिक्षक पनेरुको तर्क छ ।

 

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो। मनोविज्ञान अनुरुप लागूऔषध दुव्र्यसनी बिरुद्धको परामर्श आवश्यक छ - डा. गंगा पाठक

नेपालमा लागूपदार्थले युवा वर्गलाई प्रत्यक्ष असर पुर्याएकोले अभिभावकहरु आफ्ना छोरी छोरीको व्यवहारप्रति सकरात्मक तवरले प्रस्तुत हुनुपर्नेमा मनोविज्ञ डा. गंगा पाठकको जोड । उहाँ भन्नुहुन्छ १२ देख १९ वर्षसम्मको अवस्थालाई अभिभावकहरुको निगरानी अति आवश्यक छ । यो उमेर समूहमा रहेका आफ्ना छोराछोरीसँग आमा बाबुको अन्तरक्रिया अत्यन्तै महत्वपूर्ण मानिन्छ । समस्याको प्रतिक्रिया होइन कारण खोज्नु पहिलो बुद्धिमानी हुन्छ । अनिमात्र समस्या समाधानको उपाय खोजीमा जुट्नुपर्दछ । लागूपदार्थको सेवनले पहिले मस्तिष्कलाई हानी गर्ने हुँदा यस बारेमा राम्रो ज्ञान हुनुपर्दछ । त्यसका लागि मनोचिकित्सको सल्लाह र परामर्श महत्वपूर्ण हुन्छ, डा. पाठकले भन्नुभयो । 

CPC Nepal सिर्जनशील प्रवर्द्धन केन्द्र नेपाल को फोटो।

गाँजा र अफिमजन्य पदार्थको प्रयोग लागू औषध लतको सबैभन्दा ठूलो चुनौती हो । हुक्का तान्दै हुनुहुन्छ भने त्यो पनि सुर्तीजन्य लागूपदार्थ सेवन नै हो । हुक्का तान्नु भनेको २० वटा चुरोट खानु बराबर हो । लागूपदार्थ सेवनको मुल कारण  के हो, हामीले जान्न सक्नुपर्दछ र त्यही अनुसार लागू औषध सेवनकर्ता समक्ष व्यवहार गरेर अगाडी बढे यसको नियन्त्रणमा ठूलो सफलता मिल्ने विज्ञहरु बताउनुहुन्छ । लागूपदार्थ सेवनको पहिलो अवस्थामा मै थाहा भए रिहाव लगिहाल्नुपदैन । लागू औषध सेवनकर्ताको अबस्था हेरेर चिकित्सको सल्लाहमा मात्र रिहाव पठाउनुपर्दछ । लागूऔषध सेवनकर्ताका लागि सबैभन्दा ठूलो परामर्श पारिवारिक वातावरण व्यवहार नै रहेको अध्ययन अनुसन्धानका रिपोर्टहरुले देखाएको छ । त्यसैले लागू औषध खाउ, नाई भनौ, खाउ न खाउ नाई मलाई थाहा छैन भन्ने अभियानमा सबै लागे लागूऔषध दुव्र्यसनीको कुलतलाई केही हदसम्म नियन्त्रण गर्न सकिने थियो ।

Must View