नागरिक पोष्ट News


Public Holiday in 2075 हेर्नुहोस् ! २०७५ साल भरिको सरकारले जारी गरेको बिदाको अन्तिम सूची

14.5K

सरकारले वर्षभरि हुने बिदाको सूची सार्वजनिक गरेको छ । सरकारले २०७५ वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयमा हुने बिदाको सूची राजपत्रमा प्रकाशित गरेको हो । नेपाल राजपत्रमा प्रकाशित गृहमन्त्रालयको सूचनामा मुलुकभर दिइने पर्व बिदाहरुमा नववर्ष, महाशिवरात्री, फागुपूर्णिमा लगायत रहेका छन् ।

दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

त्यसैगरी महिला कर्मचारीको लागि, शिक्षण संस्थाहरुको लागि, जात्रा बिदा, दशैं बिदा, तिहार बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रुपमा मनाइने बिदा, सट्टा बिदा लगायतका बिदा सार्वजनिक गरेको छ ।

यी हुन् सरकारले सार्वजनिक गरेको बिदाका सूची

Must View